English

पेटबाट निकालियो एक किलो काँटी–किल्ला



लिथुआनियाका एक जना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, किल्ला, पेच र छुरी शल्यक्रिया गरेर निकालिएको छ।

मदिरा सेवनको लत छाडेपछि ती व्यक्तिले एक महिना यता फलामका वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जनाएका छन् ।

क्लेपडा युनिभर्सिटी अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा निकालिएका केही वस्तुहरू १० सेन्टिमिटरसम्म लामो भएको त्यहाँको स्थानीय सार्वजनिक प्रसारकले जनाएको छ । एक जना सर्जनले त्यसलाई विशिष्ट घटना भनेका छन् ।

लिथुआनियाली भाषामा प्रकाशित एउटा लेखमा तीन घण्टाको आपत्कालीन शल्यक्रियापछि बाहिर निकालिएका फलामका वस्तुहरूले एउटा सर्जिकल ट्रे भरिएको देखिएको थियो ।

ती व्यक्तिलाई पेटमा असह्य पीडा भएपछि बाल्टिक सीको तटीय क्षेत्रमा रहेको अस्पतालमा एम्बुलेन्समार्फत् ल्याइएको थियो ।

अहिले उनी स्थिर अवस्थामा रहेको र स्वास्थ्यकर्मीले उनको निगरानी गरिरहेको विवरणहरूमा जनाइएको छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,