यी युवतीले दिन्छिन् गर्लफ्रेण्ड बनाउने तालिम



भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भर्खरै सकिएको छ । प्रणय दिवसमा दम्पत्ति तथा प्रेमजोडीहरुले एक अर्कालाई मन फुकाएर उपहार दिन्छन र प्रेम प्रकट गर्छन् । यद्यपि धेरै मानिस यस्ता पनि रहे जसको जोडी छैन र उपहार दिनका लागि कोही प्रेमी प्रेमिका छैनन् ।

यो पटकको भ्यालेन्टाइन डे खल्लो भएता पनि अर्को भ्यालेन्टाइन डे एक्लै मनाउन नचाहनेहरुका लागि निकै सुखद खबर छ । गर्लफ्रेण्ड कसरी बनाउने भन्ने तालीम सञ्चालन भैरहेको छ ।

के कसरी केटी पट्याउने भन्नका लागि समेत ट्युसन क्लास पढ्न पाइन्छ त दुनियामा ? हो बेलायतमा चाहि यस्तो सुविधा रहेछ । एकजना ब्रिटिस मोडेलले कसरी युवतीहरुलाई प्रभावित गर्ने र कसरी प्रेम गर्ने भन्ने विषयमा ट्युसन नै पढाउने गरेकी छिन् ।

उनले आफ्नो कक्षामा कस्तो कस्तो व्यवहारले केटीहरुलाई प्रेममा पार्न सकिन्छ भन्ने सिकाउने गरेकी छिन् । केटी पट्याउने कला सिकाउने उनको यो ट्युसन कक्षाको शुल्क पनि चर्को छ । एक घण्टाको शुल्क झण्डै ५० हजार रुपैयाँ बराबर पर्न आउँछ ।

केजिया नोबल नामकी ती मोडेलले डेटिङ र आकर्षणका बारेमा प्रशिक्षण दिने गरेकी छन् । बेलायती पत्रिका द सनको रिपोर्ट अनुसार केजियाले १५ वर्षको उमेरमा पढाई छाडेकी थिइन् । त्यसपछि मोडलिङमा लागेकी उनी आफ्नो प्रशिक्षण पेशामा पनि निकै रमाएकी छिन् । यसबाट उनले मनग्गे कमाएकी छिन् ।

समाचारमा उल्लेख भए अनुसार सन् २००६मा केजिया लण्डनको एक बारमा बसिरहेकी थिइन् । त्यहीँबेला उनको मनमा गर्लफ्रेण्ड कसरी बनाउने बारेमा ट्युसन पढाउन सकिन्छ भन्ने सोँच आयो । त्यतिबेला उनको उमेर २५ वर्षको थियो ।

त्यहीँबेला उनको नजिकै एकजना युवक आयो । सिंगल केटाहरुले गरेको च्याटको फिडब्याक दिन सक्छौँ ? भनेर उसले सोध्यो । वास्तवमा त्यो युवक बुटक्याम्पको हिस्सा थियो ।

सो बुटक्याम्पमा केटाहरुलाई केटीसँग कसरी कुराकानी गर्ने भन्ने तालीम दिइन्थ्यो । त्यहीँबेला केजियालाई थाहा भयो कि व्यक्तित्व विकास सम्बन्धी उद्योगमा महिलाहरुको अभाव छ । त्यस क्षेत्रमा ठूलो सम्भावना देखेपछि उनले आफ्नो त्यो अनौठो व्यवसाय सुरु गरिन् ।

केजिया एक युट्युब च्यानल चलाउँछिन् । त्यसमा उनले केटीहरुसँग कुरा गर्दा केटाहरुले कस्ता कस्ता गल्ती गर्छन् भनेर बताउँछिन् । उनको युट्युब च्यानलमा ४ लाखभन्दा धेरै सब्सक्राइबर्स छन् । यतिमात्र होइन उनले आफ्नो अफिसमा २५ जनालाई जागिर पनि दिएकी छिन् । उनीहरु डेटिङ वर्कसप सञ्चालन गर्दछन् ।

यो अनौठो व्यवसायबाट केजियाले अहिलेसम्म १५ करोड रुपैयाँभन्दा धेरै आम्दानी गरिसकेकी छिन् । कोरोना महामारीका बेला उनले आफ्नो यो प्रशिक्षणलाई अनलाइनमा सञ्चालन गरिन् । अनौठो त के भने केटी कसरी पट्याउने भन्ने तालिम दिने केजिया आफै डिभोर्सी हुन् । उनको ६ वर्षको छोरा पनि छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,

संसारभरि अनगिन्ती रहस्यमय ठाउँहरू छन्, जसको बारेमा सबैलाई थाहा छैन। आज हामी तपाईँलाई संसारका केही यस्ता ठाउँको बारेमा बताउन गइरहेका

संसारमा घुम्न मन नलाग्ने मान्छे कमै होलान् । मानिसहरू पृथ्वीको हरेक ठाउँ घुम्न चाहन्छन् । सुन्दर समुद्र तटहरू, प्रेतवाधित ठाउँहरू