English

जहाँ बाँच्नका लागि बेचिन्छ आफ्नै अङ्ग



हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या सयौँमा भेट्न सकिन्छ ।

गत वर्ष तालिबान सत्तामा आउनुपूर्व पनि अफगानिस्तानको अर्थतन्त्र त्यति राम्रो थिएन । तालिबानले सत्ता हातमा लिएपछि यो एसियाली राष्ट्रको अर्थतन्त्र टाट पल्टेको अवस्थामा पुगेको छ र धेरैलाई आफ्नो परिवारका लागि भान्सामा खाना पुर्याउन संघर्षरत अवस्थाबाट गुज्रनु परेको छ ।

अवस्था यतिसम्म खराब छ कि उनीहरु आफ्नो ऋण तिर्न र खाद्यान्न किन्नका लागि एउटा मिर्गौला नै बिक्री गर्न बाध्य हुने गरेका छन् । उनीहरु बजारमा सामान किन्न समेत आफ्नो एउटा मिर्गौला बिक्री गर्न बाध्य भएका छन् ।

मैले चाहेको थिइनँ, तर मसँग विकल्प नै थिएन । मैले मेरा बालबच्चाका लागि यसो गरेँ । हाल आएर मलाई यसमा पछुतो छ किनभने म अब लामो समयसम्म काम गर्न सक्दिनँ । मलाई पीडा हुन्छ र म गह्रौं सामग्री पनि उचाल्न सक्दिनँ ।

‘मैले चाहेको थिइनँ, तर मसँग विकल्प नै थिएन । मैले मेरा बालबच्चाका लागि यसो गरेँ,’ एएफपी समाचार एजेन्सीसँग ३२ वर्षीय नुरुद्दिनले भने, ‘हाल आएर मलाई यसमा पछुतो छ किनभने म अब लामो समयसम्म काम गर्न सक्दिनँ । मलाई पीडा हुन्छ र म गह्रौं सामग्री पनि उचाल्न सक्दिनँ ।’

विश्वभरिनै मानव अङ्गको बिक्री अवैध रहँदै आएको छ । तर अफगानिस्तानमा यसको नियमन भएको छैन र दाताले लिखित सम्झौता गर्नुपर्नेछ । अङ्ग दान गरेपछि के हुन्छ ? यो कहाँ जान्छ ? कसैलाई पनि थाहा छैन । यस विषयमा चिकित्सकले उनीहरुले सोधपुछ गर्न नपाउने प्रतिबद्धताको माग गर्छन् ।

अफगानिस्तानमा कति मिर्गौला बिक्री गरियो भन्ने यकिन थाहा पाउन मुश्किल छ । रेकर्डले हेरात प्रान्तमा सयौं मिर्गौला निकाल्ने शल्यक्रिया गरिएको देखाएको छ । यो पनि विगत केही वर्षको अवधिमा मात्रै हो । मानिसको आर्थिक अवस्था बिग्रिएसँगै यस किसिमको प्रक्रियामा वृद्धि हुने गर्छ ।

‘मैले मेरो मिर्गौला २ हजार ९०० अमेरिकी डलरमा बिक्री गरेँ,’ एक महिलाले भनिन्, ‘मैले यसो गर्नुपर्याे । मेरो श्रीमान काम गर्दैनन् । हाम्रो ऋण पनि छ ।’

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested