महेश बाबु बलिउडबारे यसो भन्छन्



दक्षिण भारतीय अभिनेता महेश बाबुले बलिउड फिल्ममा काम नगर्ने बताएका छन्। उनले आफूलाई बलिउडले धान्न नसक्ने समेत बताएका छन्।

उनले सोमबार फिल्म ‘सरकारु वारी पाता’को ट्रेलर सार्वजनिक कार्यक्रममा उक्त कुरा बताएका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार बलिउड फिल्ममा काम गरेर समय बर्बाद नगर्ने उनले बताएका छन्।

यँहा मैले राम्रो स्टारडम र सम्मान पाएको छु। मैले कहिले पनि यो उद्योग छाडेर जाने सोचेको छैन। मैले सधैँ यहाँ राम्रा फिल्म गर्ने र ठूलो उद्योग बनाउने सोचेको थिएँ। मेरो सपना पूरा भइरहेको छ। म यहीँ खुसी छु।

‘मलाई बलिउड फिल्मबाट धेरै अफर आउँदैन। तर मलाई लाग्छ कि उनीहरू मलाई लिन सक्दैनन्। म बलिउडमा काम गर्न चाहन्न। जो मलाई धान्न सक्दैनन्’ उनले भनेका छन, ‘यँहा मैले राम्रो स्टारडम र सम्मान पाएको छु। मैले कहिले पनि यो उद्योग छाडेर जाने सोचेको छैन। मैले सधैँ यहाँ राम्रा फिल्म गर्ने र ठूलो उद्योग बनाउने सोचेको थिएँ। मेरो सपना पूरा भइरहेको छ। म यहीँ खुसी छु।’

महेश बाबु पछिल्लो समय ‘सरिलेरु नीकेववरु’मा देखिएका थिए। यो फिल्म सन् २०२० मा सार्वजनिक भएको थियो। उनी ंसरकारु वारी पाता’मा देखिदैँछन्। परशुरामले निर्देशन गरेको फिल्ममा महेशसँगै अभिनेत्री कीर्ति सुरेश र कमेडियन भेनेला किशोरको पनि अभिनय छ।

यो फिल्म यही मे १२ अर्थात वैशाख २९ गतेदेखि प्रदर्शन हुँदैछ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



...
ज्याकलिन फर्नान्डिजले नेपाल आउन अदालतसँग मागिन् अनुमति - Mero LifeStyle Mero LifeStyle

[…] बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले १५ दिन नेपाललगायत अन्य देश जान अदालतसँग अनुमति मागेकी छन्। […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

पापा तेक्वान्दोका लागि जन्मिनुभएको थियो, म अरु नै प्रयोजनका लागि जन्मिएको थिएँ । खुसीको कुरा, उहाँमा पृथक् अवधारणा थियो– तेक्वान्दो

म बालपनका ती दिन नित्य सम्झन्छुु– मेरा साथीहरु प्रख्यात स्टार र सेलिब्रेटी खोज्थे अनि आफ्ना रोल मोडल भन्नुमा गर्व गर्थे

ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेन लाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उदेश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । शनिबार (जेठ १४) दशरथ रंगशालामा हुने भनिएको सांगीतिक कार्यक्रम

Suggested