हरर फिल्ममा देखिँदै प्रभास



दक्षिण भारतीय अभिनेता प्रभास हरर फिल्ममा देखिँदैछन्। प्रभास ‘राजा डिलक्स’ नामक हरर फिल्ममा देखिने भारतीय सञ्चार माध्यम अमर उजालाले जनाएको छ।

प्रभासको बलिउड डेब्यू फिल्म ‘साहो’ र ‘राधे श्याम’ बक्स अफिसमा लगातार असफल भए। तर ‘बाहुबली’ र ‘बाहुबली २’ को सफलताले उनको हात खाली हुन दिएको छैन। उनलाई लिएर फिल्म बनाउन निर्माताहरूको होडबाजी चलिरहेको छ।

प्रभास अभिनित फिल्म ‘आदिपुरूष’, ‘सलार’ र ‘प्रोजेक्ट के’ सार्वजनिक हुन बाँकी छ। यी फिल्महरूको छायांकन सकेसँगै उनी ‘राजा डिलक्स’को छायांकनमा व्यस्त हुनेछन्।

अमर उजालाका अनुसार फिल्ममा मालभिका मोहनको पनि मुख्य भूमिका रहनेछ। महंगो बजेटमा बन्ने फिल्ममा काम गर्नको लागि उनी निकै उत्साहित छिन्।

यस फिल्मको छायांकन आगामी असारबाट सुरू गर्ने निर्माण पक्षको तयारी थियो। तर फिल्मको छायांकन स्थगित गरिएको छ। प्रभासको व्यस्तताको कारण फिल्मको छायांकन स्थगित गरिएको हो। उनले अगस्त महिनामा ‘राजा डिलक्स’को काम सुरू गर्ने बताइएको छ।

प्रभासद्वारा अभिनित पछिल्लो समय प्रदर्शन भएको फिल्म ‘राधे श्याम’ बक्स अफिस असफल सावित भएको थियो। दर्शकले फिल्मको कहानी मन पराएनन्। राधा कृष्ण कुमारले निर्देशन गरेको फिल्ममा प्रभाससँगै पूजा हेगडेको पनि मुख्य भूमिका रहेको थियो।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



...
महेश बाबु बलिउडबारे यसो भन्छन् - Mero LifeStyle Mero LifeStyle

[…] हुन्। भारतीय सञ्चार माध्यमका अनुसार बलिउड फिल्ममा काम गरेर समय बर्बाद नगर्ने […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो कलाकार बनेकी

काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहलाई पुत्री लाभ भएको छ ।  बुधबार दिउँसो उनका दाजु कौशल साहको

साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पाः द राइज’ले भारतीय बक्सअफिसमा आँधी नै ल्यायो । हिन्दी भर्सनमा

‘बाहुबली’ र ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजामौली र तेलुगू सुपरस्टार महेश बाबुले आगामी फिल्ममा सहकार्य गर्ने भएका छन् । दक्षिण

Suggested