‘ब्रह्मास्त्र पार्ट वनः शिव’ डिज्नीको ग्लोबल रिलीज क्यालेन्डरमा सामेल हुने पहिलो भारतीय फिल्म



बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र भाग एकः शिव’ले प्रदर्शन हुनुभन्दा अगाडी नै कीर्तिमान राखेको छ। यो फिल्म वाल्ट डिज्नी स्टुडिओ पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा परेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त सूचीमा पहिलो पटक भारतीय फिल्म परेको हो। ग्लोबल रिलिज क्यालेन्डरमा परेसँगै फिल्म आउँदो सेप्टेम्बर ९ मा विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

उक्त क्यालेन्डरमा ‘ब्रह्मास्त्र’सँगै हलिउड फिल्म ‘थोरः लभ एण्ड थण्डर’, ‘ब्ल्याक प्यान्थरः वकान्डा फरएभर’ र जेम्स क्यामरूनको ‘अवतारः द वे अफ वाटर’ परेका छन्। यी सबै फिल्मलाई डिज्नीले सन् २०२२ मा प्रदर्शन गर्नेछ।

अयान मुखर्जीले निर्देशन गरेको फिल्म ‘ब्रह्मास्त्र’मा रणवीर र आलियासँगै अभिनेता अमिताभ बच्चन, मौनी रोय र नागार्जुन अक्किनेनीको अभिनय छ।

फक्स स्टार स्टुडिओ र धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा प्रदर्शन हुनेछ। फक्स स्टार स्टुडिओमा वाल्ट डिज्नी स्टुडिओ मोशन पिक्चर्सको सहकार्य रहेको छ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

साहित्यकार बिन्दु सुवेदीको दोस्रो नियात्राकृति ‘युरोप यात्राका संस्मरण’ लोकार्पण गरिएको छ । बुधबार काठमाडौँस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.

हरितालिका तीजको पूर्व सन्ध्यामा माइती नेपालले हरेक वर्षझैँ यो वर्ष पनि दर खाने कार्यक्रम गरेको छ । शुक्रबार भएको कार्यक्रममा