English

‘ब्रह्मास्त्र पार्ट वनः शिव’ डिज्नीको ग्लोबल रिलीज क्यालेन्डरमा सामेल हुने पहिलो भारतीय फिल्म



बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र भाग एकः शिव’ले प्रदर्शन हुनुभन्दा अगाडी नै कीर्तिमान राखेको छ। यो फिल्म वाल्ट डिज्नी स्टुडिओ पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा परेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त सूचीमा पहिलो पटक भारतीय फिल्म परेको हो। ग्लोबल रिलिज क्यालेन्डरमा परेसँगै फिल्म आउँदो सेप्टेम्बर ९ मा विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

उक्त क्यालेन्डरमा ‘ब्रह्मास्त्र’सँगै हलिउड फिल्म ‘थोरः लभ एण्ड थण्डर’, ‘ब्ल्याक प्यान्थरः वकान्डा फरएभर’ र जेम्स क्यामरूनको ‘अवतारः द वे अफ वाटर’ परेका छन्। यी सबै फिल्मलाई डिज्नीले सन् २०२२ मा प्रदर्शन गर्नेछ।

अयान मुखर्जीले निर्देशन गरेको फिल्म ‘ब्रह्मास्त्र’मा रणवीर र आलियासँगै अभिनेता अमिताभ बच्चन, मौनी रोय र नागार्जुन अक्किनेनीको अभिनय छ।

फक्स स्टार स्टुडिओ र धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा प्रदर्शन हुनेछ। फक्स स्टार स्टुडिओमा वाल्ट डिज्नी स्टुडिओ मोशन पिक्चर्सको सहकार्य रहेको छ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested