यही हो बेला, जनताले विवेक प्रयोग गर्ने



स्थानीय चुनावको आफ्नै सौन्दर्य छ । किनकी, यसले स्थानीय आवश्यकतालाई जनताको तहबाट जनताकै घरदैलोबाट सुन्ने काम गर्छ । जिम्मेवार जनप्रतिनिधिले जनताको चाहनालाई पूरा गर्न प्रयास पनि गर्छन् । चुनावदेखि चुनावसम्मको लामो समयसम्म जनप्रतिनिधि र राजनीतिक दलहरुले मुर्झाएर राखेका कतिपय मुद्घाहरुले चुनावकै बेला पुनर्जीवन पाउँछन् । बिर्सिएका मतदातालाई सुन्न उम्मेदवारहरु बाध्य हुन्छन् । जनसामथ्र्य के हो ? भन्ने कुरा उम्मेदवारहरुले थाहा पाउने पनि यही बेला हो ।

जनताबाट निर्वाचित भए वाचा पुरा गर्छु भनेर हिँडेको जनप्रतिनिधि आफू,आफ्नो परिवार,आफ्नो नेता र चुनावमा आफ्नो आर्थिक लगानीकर्तामामात्र केन्द्रित रहे । यसैले उनीहरु असनको साँढेजस्तै अराजक भए ।

०४६ मा प्रजातन्त्र पुनःस्थापना भयो । देशले संविधानसभासहित ६ वटा आम चुनाव पायो । एउटा प्रदेश सभा निर्वाचन पनि भयो । तीनवटा त स्थानीय निर्वाचन नै भए । तर जनताबाट निर्वाचित भए वाचा पुरा गर्छु भनेर हिँडेको जनप्रतिनिधि आफू,आफ्नो परिवार,आफ्नो नेता र चुनावमा आफ्नो आर्थिक लगानीकर्तामामात्र केन्द्रित रहे । यसैले उनीहरु असनको साँढेजस्तै अराजक भए ।

बेला यही हो, जनताले आफ्नालागि असल जनप्रतिनिधि छान्ने । लोकतान्त्रिक शासन व्यवस्थामा जनताद्वारा जनप्रतिनिधि चुन्ने प्रक्रिया नै निर्वाचन हो । साथै, जनादेशको परीक्षणदेखि नेताको लोकप्रियताको मापन गर्ने पद्धति हो, निर्वाचन । उसो त नेपालीको घर आँगनमा यतिबेला स्थानीय निर्वाचनले पाइला टेकिसकेको छ । आउँदो वैशाख ३० ले वडादेखि पालिकासम्म नयाँ जनप्रतिनिधि पाउँदैछ ।

त्यसैले यतिबेला गाउँदेखि सहरसम्म चुनावी सरगर्मी र राजनीतिक तापमान बढ्दो छ । चोक, चौतारादेखि होटल रेष्टुरालगायतका सार्वजनिक स्थानमा निर्वाचनको बहस चलिरहेको छ । उम्मेदवारहरु आफ्ना एजेण्डा सुनाउँदै गाउँका टोल–टोल र सहरका गल्ली–गल्लीका मतदाताका घर–घरमा छन् । लोकतन्त्रिक पद्धत्तिको संस्थागत विकासका लागि यो सकारात्मक कुरा हो ।

तर, निर्वाचनमा उम्मेदवार र राजनीतिक दलका शीर्ष नेताहरुमा एकले अर्कालाई हिलो छ्यापेर मात्र आफू बलियो दाबेदार भइन्छ भन्ने ठान्नु बिल्कुल गलत हो । यसले लोकतन्त्रकै उपहास गर्छ । सच्चा लोकतन्त्रको अभ्यासमा नागरिकलाई आफ्ना एजेण्डा प्रस्तुत गरिन्छ, उनीहरुलाई नै छुट्याउने जिम्मा ।

त्यसैले निर्वाचनलाई मर्यादित, स्वच्छ प्रतिस्पर्धा र राजनीतिक संस्कारयुक्त बनाउन दलका नेता, कार्यकर्ताको भूमिका अहम् रहन्छ । कसैलाई दबाब,प्रलोभन वा धम्क्याएर राजनीतिक दलहरुले मतदातालाई आकर्षित गर्न खोज्नु हुँदैन । साथै, दलीय संगठनको सामर्थ्यको बलमा जनताको चाहनामाथि बुल्डोजर चलाउन कदापी मिल्दैन । जनताले विवेकको मत दिन पाउनुपर्छ । अनि मात्र हाम्रा पालिकाले खोजेको र जनताले चाहेको जनप्रतिनिधि पाउँछ ।

आफूले हालेको एक मत असल जनप्रतिनिधिको चयन गर्दैछु भन्ने हेक्का हरेक मतदाताले राख्नुपर्छ । साथै, त्यो एक मत आफ्ना सन्ततीको भाग्य र भविष्यसँग पनि जोडिएको छ भन्ने बुझ्नुपर्छ । अनि, आफ्नो गाउँ, ठाउँको विकासका निम्ति त्यो एक भोट अमूल्य छ भन्ने बुझ्न जरुरी छ ।

त्यस्तै, सरकारी संयन्त्र र सञ्चारमाध्यमले पनि निर्वाचनका बेला आफ्नो धर्म निभाउन जरुरी छ । कसैको अन्धभक्त भएर पक्षपोषण गर्ने र कसैलाई गाली गलौज गर्ने परिपाटीलाई आमसञ्चार माध्यमले त्याग्नुपर्छ । पत्रकारिताको मर्यादा र जनमानसमा यसको विश्वासलाई कायम राख्नै पर्छ ।

हरेक मतदाताले विवेकको मत दिन पाउनु उसको मौलिक अधिकार हो । यसमा कसैको हस्तक्षेप हुँदैन भन्ने बुझ्न÷बुझाउन आवश्यक छ । कसैको सानो प्रलोभन, आश्वासन, डर, धम्की जस्ता कुराबाट मतदाता विचलित हुनु हुँदैन । आफूले हालेको एक मत असल जनप्रतिनिधिको चयन गर्दैछु भन्ने हेक्का हरेक मतदाताले राख्नुपर्छ । साथै, त्यो एक मत आफ्ना सन्ततीको भाग्य र भविष्यसँग पनि जोडिएको छ भन्ने बुझ्नुपर्छ । अनि, आफ्नो गाउँ, ठाउँको विकासका निम्ति त्यो एक भोट अमूल्य छ भन्ने बुझ्न जरुरी छ ।

यसैले सरकारी संयन्त्र, राजनीतिक दल, निर्वाचनमा होमिएका उम्मेदवार र मतदाता सबैले आफ्नो दायित्व र जिम्मेवारी बोध गर्न आवश्यक छ । जसले संविधानको कार्यान्वयनदेखि लोकतन्त्रको संस्थागत विकासमा टेवा पुर्याउँछ । यसमा जनताको विवेक नै सर्वश्रेष्ठ मानिन्छ ।

मतदाताले विवेक पुरयाउने समय हो,अहिले । यसैले होसमा रहेर मत दिउँ,बेहोसीमा जनप्रतिनिधि छान्दा धेरै कुरा बर्बाद हुन्छ ।

यो पनि
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?

भिडियो :



...
महानगरका ‘महानायक’ - Mero LifeStyle Mero LifeStyle

[…] पनि…यही हो बेला, जनताले विवेक प्रयोग गर्नेनत्र यो सरकारलाई ‘नालायक’ […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

जति यौन चाहना बढी भयो उति नै बढी योनीबाट तरल पदार्थ प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भने महिलाको

देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली

काठमाडौंमा एउटा निश्चित समुदायले मधेसी सुमदायका ब्यक्तिलाई ‘मनु मखु मर्स्या ख:’ (मान्छे होइन, मधेसी हो) भन्छन् भन्ने जुन भाष्य सिर्जना

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४

Suggested