English

कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ

सोधिएको प्रश्नको जवाफ दिने हुति शासकले राखून्


प्रकाश सपूतले लेखेको, गाएको र निर्देशन गरेको नयाँ गीत ‘पिर’ विवादित छ । युट्युबमार्फत सार्वजनिक भएको यो गीतप्रति माओवादी केन्द्र र त्यसबाट विभाजित भएर छुट्टै पार्टी गठन गरेका नेताहरूले सार्वजनिक रूपमै आपत्ति जनाएका छन् ।

०५२ मा नेकपा माओवादीले शुरू गरेको सशस्त्र जनयुद्धबाट आफ्नै जीवनको गन्तव्य नभेटेका लडाकुहरूको हालको अवस्थालाई केन्द्रित गरी बनाइएको यो भिडियोसहितको गीतले माओवादी जनयुद्घमा लागेका केही व्यक्तिहरूको जीवन फेरिए आमजनता र जनयुद्घमा होमिएका लडाकुहरूको दैनिक जीवन झनै कष्टकर बनेको दर्शाउँछ ।

सरोकारवाला पार्टी र सरकारले समेत बेवास्ता गर्दा जनयुद्घका लडाकुहरू वैदेशिक रोजगारीदेखि देहव्यापारको दलदलमा फस्नुपरेको व्यथा यो गीतको मूल मर्म हो ।

माओवादी द्वन्द्वका नायक र उक्त द्वन्द्वको बलमा शक्तिमा आएका माओवादी नेता तथा केही कार्यकर्ताका लागि सपूतको ‘पिर’ ले पिर थप्ने काम गरेको छ । उनीहरूले उक्त गीतप्रति आपत्ति जनाउँदै उक्त गीत युट्युबबाट तत्काल हटाउनुपर्ने माग गरेका छन् । तर, सपूतले ‘जसले देशको व्यवस्था परिवर्तनका लागि लडे उनीहरूको आफ्नै अवस्था परिवर्तन नभएकाले आफूले उनीहरूको कथा समेट्ने प्रयास गरेको’ प्रष्टीकरण दिएका छन् ।

माओवादी नेताहरूले सपूतको यो गीतलाई लिएर जसरी धम्कीपूर्ण भाषा बोलेका छन्, त्यसले हाम्रा विशेषगरी कम्युनिस्ट स्कुुलिङमा हुर्केका वामपन्थीहरूलाई प्रश्न गरेको कदाचित मनपर्दो रहेनछ भन्ने प्रष्ट भएको छ ।

यसअघि, २०७५ मा एमालेले ‘लुट्न सके लुट…’ बोलको गीत बन्द गराएरै छाड्यो । पशुपति शर्माको उक्त गीत सत्तालक्षित थियो, सत्तामा थियो एमाले । यो गीतले एमालेका नेता र दासहरूको मगज एकसाथ खलबलिएको थियो ।

सपूतले यो गीतमार्फत जनयुद्घबाट नयाँ नेपाल बनाउँछौँ भन्नेहरूको अनुहार ऐनामा देखाइदिएका छन् । कम्युनिस्टहरू आफ्नो आलोचना पचाउन सक्दैनन् भन्ने कुरा सपूतको यो गीतले फेरि एकपटक प्रमाणित गरेको छ । हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू आज परिवारको पेट पाल्न देह बेच्दै छन् कि त विदेशी भूमिको तातो हावामा श्रम बेच्दै छन् । यो सत्य हो । यसबाट भागेर माओवादी उम्किने ठाउँ छ र ? भोलि यदि अर्को कुनै गायकले शिक्षक, क्रियापुत्री, पण्डित मारेको, निर्दोष जनता चढेको बस पड्काएको, पुल भत्काएको, धरोहर ध्वस्त पारेको र मन्दिरमा पिसाब फेर्न लगाएको जस्ता घटनाहरूलाई संकेत गर्नेगरी भिडियो सार्वजनिक गरेको स्थितिमा माओवादीले के जवाफ दिने ? कति जवाफ दिने ?

के नेपालका राजनीतिक दलका नेताहरू केवल आफ्नो भजन मात्र सुन्न चाहन्छन्, शेरबहादुर देउवा, केपी ओलीदेखि प्रचण्डसम्मलाई नजिकबाट नियाल्ने हो भने यस्तै देखिन्छ । उनीहरू स्तुतिमा रमाउने रोगले ग्रस्त भइसकेका छन् । आलोचना उनीहरूलाई फिटिक्कै मन पर्दैन । जनताको जीवनशैली परिवर्तन गर्छु भनेर कसम खाएर हिँडेका हाम्रा नेताहरूलाई केवल राजतन्त्रकालीन शैलीको जयजयकार मात्र मन पर्न थाल्नु आफँैमा विडम्बनापूर्ण लाग्छ ।

यसबाट आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेस पनि अछुतो छैन । कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा लागेर प्रजातन्त्रका लागि अहोरात्र खटेका प्रजातान्त्रिक सेनानी मगनी शाहले उपचार नपाएर मर्नुपरेको एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता उदाहरण कांग्रेसभित्र खोज्दै गए अनेक भेटिन्छन् । आफ्नो पार्टी सरकारमा रहेका बेला छोरालाई जागिर लगाउने आसमा काठमाडौं आएका झापा विद्रोहका डिकेन्द्र राजवंशीले एमालेको पार्टी कार्यालयमै झुन्डिएर आत्महत्या गर्नुपरेको घटना धेरै एमाले कमरेडहरूको स्मृतिमा ताजै होला कि नहोला ?

आज प्रसङ्ग माओवादीको छ । जनयुद्धको नाममा आफैंले हिजो प्रयोग गरेका सोझा–साझा जनतालाई चुसेर अहिले जुकाझैँ ढाडिएका प्रचण्ड लगायतको पार्टी नेतृत्वदेखि माओवादीका मन्त्री, माननीय र टाठाबाठाहरूको जीवन कुनै सम्भ्रान्त, शोषक र सामन्तहरूको भन्दा कम छैन । तर, उनीहरूलाई जंगलदेखि सिंहदरबारसम्म पुर्याएका गाउँका सोझासाझाहरूको अहिले कहाँ कुन स्थितिमा छन् भन्ने कुरा उनीहरू सुन्न पनि चाहँदैनन्, जसरी यो गीत उनीहरूले सुन्न चाहेनन् ।

हो, तस्कर र बिचौलियाहरूसँग संगतमा रहेको माओवादी नेतृत्व र टाठाबाठा कार्यकर्ताका लागि यो ‘पिर’ ले पार्नु पिर पारेको बुझ्न सकिन्छ । तर, कमरेड, यथार्थ यही हो । गीत सुन्न मन नलागे विकल्प छँदै छ नि कान थुन्ने । त्यतिले पनि नपुगे आँखा पनि छोप्ने ।

सपूतले त माओवादी नेतृत्वलाई विवेकको आँखा खोल्न मात्र आग्रह गरेका हुन्, त्यो पनि बन्दुक देखाएर होइन, बैंक लुटेर होइन, आफ्नो टिमको सिर्जनामार्फत् ।

सुकिला माओवादी नेतृत्वलाई हेक्का रहोस, यो गायक सपूतको मात्र सन्दर्भ होइन किनकी यो गीतले उसलाई प्रश्न मात्र गरेको छैन, विवेकपूर्ण जवाफ पनि खोजेको छ ।

हो, यदि माओवादी पंक्तिलाई सपूतको उक्त गीतको ‘वेश्यावृत्ति’ अंश मात्र मन परेको छैन र अन्य दृश्य र गीतका बोलमा आपत्ति होइन भने गायक सपूतसँग बसेर छलफल गरेर टुङ्गिने विषय हो यो ।
खासमा सपूतले यो अंशलाई भद्दा तरिकाले प्रस्तुत गरेका छन् । ‘नगरवधू’ को रूपमा देखाइएको अनुहारमा पनि विवाद् देखियो । तर, मुद्दा यो होइन । कुनै एउटा कलाकारको सिर्जनाबाट तर्सिएर सामाजिक सञ्जालमार्फत धम्कीको भाषा दिनुले असभ्यता नै सिद्घ गर्छ ।

तर, सामाजिक सञ्जालमा जिम्मेवार माओवादी नेताहरूले जसरी सपूतको विरुद्घमा जनयुद्घकालीन समयको ‘भाषा’ प्रयोग गरेका छन्, त्यसको निन्दाको कुनै सिमाना नै छै्रन ।

हाम्रा नेताहरूलाई प्रश्न सोधेको मन पर्दैन । तर, समाजले कुनै पनि बेला प्रश्न सोध्न सक्छ । सोधिएको प्रश्नको जवाफ दिने हुति राख्ने कि प्रश्न सोध्नेको टाउकोमाथि खुकुरी झुन्डयाउने ?

सपूतको यो प्रश्न केवल माओवादीे नेतृत्वलाई मात्रै होइन, हिजोदेखि आजसम्म सत्तामा रहेका कांग्रेस, एमाले लगायतका दलहरूमाथि पनि हो ।

यो पनि…
राजनीतिक दललाई पिरोलेका यी गीतहरू
‘गीतका सर्जकलाई किन धम्क्याउने ?’



...
Jonas

Birthday sex song in chicagoKty nixon nudeAnswer front door nakedBlack bitchs get fucked slutloadHigh class strip clubs in dcBest japanese pornFree porno web cam girlsAssociation treatment sex offenders xnxx Teen pure tgpOwn dildo freeXxx anne hathawayHead red teenSex at ballpark videoTeen boy* nudAdult novelties hudson county njJuli ashton nude pic xnxxy.cc Clitoris sucking machinesTwo girls stripFort worth texas teacher sex scandalRaylene richards at porn hubGirl strip gameRin aoki crocreview titsAsian cooking companionBig ass fucking redtubePosition pregnancy sex xnxx Mario perez gayAmature sex moviesLansinoh bpa free double electric breast pump reviewsBoyscouts adult leader trainingEffects of alcohol on the penisBritish asian singersFree xxx muscular menPorn actress madonna music videoBig booty white girl black dick Also visit my site ... web page

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested