English

राजनीतिक दललाई पिरोलेका यी गीतहरू



‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ यो गीतले तीन वर्षअघि एकदमै चर्चा कमायो । लोक गायक पशुपति शर्माले नेपालमा बढिरहेको भ्रष्टाचार र उच्च पदमा रहेकाहरूले पदीय दुरुपयोग गर्न थालेको कुराहरू समावेश गरेर यो गीत सार्वजनिक गरेका थिए । गीतलाई दर्शक श्रोताले पनि एकदमै रुचाए । तर, राजनीतिक रूपमा भने यो गीतले खैलाबैला नै मच्चायो ।

सरकार पक्षीय कार्यकर्ताहरूले गायक शर्मालाई गीत युट्युबबाट हटाउनका लागि आक्रोशपूर्ण धम्की दिए । धेरै नै दबाब आएपछि शर्माले युट्युबबाट गीत हटाइदिए ।

प्रा.डा राजेश गौतम
राजनीतिक विश्लेषक

जनताले मनका भावनालाई गीतमार्फत दिएको अभिव्यक्तलाई रोक्न राजनीतिक दलहरू लाग्नु एकदमै लज्जास्पद कुरा हो ।

गायक प्रकाश सपूतको शुक्रबार सार्वजनिक भएको गीत ‘पिर’ पनि अहिले यसैगरी विवादित बनेको छ । गीत सार्वजनिक भएको २४ घण्टामै एक नम्बर ट्रेन्डिङमा पनि पुगेको छ । माओवादी जनयुद्धका पीडितहरूको कथामा आधारित उक्त गीतमा केही माओवादी नेताहरूले आपत्ति जनाएका हुन् ।

परिवर्तनका लागि भनिएको जनयुद्धले वास्तविक जनताको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको र रोजगारीका लागि विदेश जानुपर्ने अवस्था गीतमा देखाइएको छ ।

एकातिर जनताको स्वतन्त्र अभिव्यक्तिको अधिकार बचाउनुपर्छ भन्ने तर त्यही अभिव्यक्तिमाथि कुठाराघात गर्ने प्रवृत्ति हाम्रो राजनीति दलका नेताहरूमा छ ।

आफ्नो विचार तथा प्रतिक्रिया स्वतन्त्ररूपमा राख्न पाउनु जनताको अधिकार हो । यसलाई कसैले पनि प्रतिबन्ध लाउन नपाउने राजनीतिक विश्लेषक तथा प्रा.डा राजेश गौतम बताउँछन् । ‘एकातिर जनताको स्वतन्त्र अभिव्यक्तिको अधिकार बचाउनुपर्छ भन्ने तर त्यही अभिव्यक्तिमाथि कुठाराघात गर्ने प्रवृत्ति हाम्रो राजनीति दलका नेताहरूमा छ ।’

यो गीतमा प्रस्तुत भएको कथा यथार्थपरक छ । हिजो बन्दुक बोकेर हिँड्ने माओवादीका कयौँ कार्यकर्ताहरू अहिले जीवन गुजारा गर्न नै धेरै सङ्घर्ष गरिरहेको कुरा त बेलाबखत आफूले सुनिरहेको गौतम बताउँछन् । ‘जनताले मनका भावनालाई गीतमार्फत दिएको अभिव्यक्तलाई रोक्न राजनीतिक दलहरू लाग्नु एकदमै लज्जास्पद कुरा हो ।’ गौतम भन्छन् ‘जनताको यस्ता भावनालाई रोक्ने प्रयास गर्नुभन्दा उनीहरूको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने कुरामा ध्यान दिनु जरुरी छ ।

सरकार तथा राजनीतिक दलका नेता–कार्यकर्ताहरूले जनताको अभिव्यक्ति तथा विचारहरूलाई रोक्न खोजे त्यो झन् ठूलो ‘विस्फोट’ हुने बताउँदै गौतमले भने ‘राजनीतिक दलहरूले समयमै जनताका विचारहरूको सम्बोधन नगरे यस्ता किसिमका गीतहरू अझै सिर्जना भइरहन्छन् ।’

‘पिर’ एकदमै यथार्थपरक गीत हो । यो गीतलाई जसले विरोध गरी, हटाइनुपर्छ भनी दबाब दिइरहेका छन् उनीहरू नर्थ कोरियाजस्तो स्वतन्त्र रूपमा आफ्नो अभिव्यक्ति राख्न नपाउने देशमा जानुपर्छ ।

पुरञ्जन आचार्य
राजनीतिक विश्लेषक

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘पिर’ एकदमै यथार्थपरक गीत हो । यो गीतलाई जसले विरोध गरी, हटाइनुपर्छ भनी दबाब दिइरहेका छन् उनीहरू नर्थ कोरियाजस्तो स्वतन्त्र रूपमा आफ्नो अभिव्यक्ति राख्न नपाउने देशमा जानुपर्छ ।’

उनले थपे, ‘नेपालमा आफ्नो अभिव्यक्ति स्वतन्त्ररूपमा राख्न पाइने अधिकार संविधानमा नै दिइएको छ, त्यसैले यो गीतलाई हटाउनुपर्छ भन्नेहरू उत्तर कोरिया जस्तो स्वतन्त्र अभिव्यक्ति राख्न नपाइने देश जानुपर्छ ।’

रामप्रसाद सापकोटा ‘दीपशिखा‘
इन्चार्ज, वाईसीएलका

अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो ? सायद ती महिलाहरूले नलडेको भए सपूतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क सङ्गीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !

क–कसले गरे विरोध

वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा‘ले आफ्नो फेसबुक पेजमा ‘पिर’लाई विरोध गर्दै लेखेका छन् : ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैँलाई मार्छ । प्रकाश सपूत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारून् !’

‘पिर’ को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऔँ, तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ ।

उसो भए सर्जक सपूतलाई मेरो एउटा प्रश्न–‘अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो ? सायद ती महिलाहरूले नलडेको भए सपूतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क सङ्गीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !’

त्यस्तै, अखिल क्रान्तिकारी अध्यक्ष पञ्च सिंहले सपूतको गीतप्रति आपत्ति जनाउँदै गीत युट्युबबाट तत्काल हटाउनुपर्ने बताएकी छिन् । उनी लेख्छिन्– महान् जनयुद्धका कारण केही थान मन्त्रीहरू, माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस हुन जरुरी छ र भइरहेको पनि छ । यसमा शहीद परिवार, बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन ।

कतिपय प्रयत्नहरू सफल हुन सकेका छैनन् । व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन्, तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूतजीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ ।

जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईंलाई बुझाइरहनपर्ने हो ।

जनयुद्धमा सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेदविरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नुभयो । तिनै दिदीबहिनीहरू माथि अपमान हुनेगरी बनाइएको तपाईंको ‘पिर’ नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।

क–कसले गरे समर्थन

गीतले धेरै दर्शकको माया पाएको छ । केही राजनीतिक दलका कार्यकर्ताहरूले यस गीतको विरोध गरेको भए पनि केही राजनीतिक दलका अगुवाहरूले भने गीतलाई समर्थन गरेका छन् ।

गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसका निम्ति क्रान्तिलाई न्यायिक ढङ्गले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्क्याउने ?

डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा अध्यक्ष, जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सपूतको गीत ‘पिर’ को समर्थन गरेका छन् । गीतको समर्थनमा डा. भटराईले ट्विटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपूतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसका निम्ति क्रान्तिलाई न्यायिक ढङ्गले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्क्याउने ?’

त्यसैगरी, सांसद शान्ता चौधरीले आफ्नो फेसबुक पेजमार्फत सपूतको गीतमा समर्थन जनाउँदै लेखेकी छिन् : प्रकाश सपूतले जनयुद्धको वास्तविक कथालाई उजागर गरेछन्, यो गीति कथाको विरोध गर्नुभन्दा हाम्रो होस् खुल्नु राम्रो हुन्छ । किन हरेक परिवर्तनपछि परिवर्तनका लागि लड्नेहरू सधैँ कुना कन्दरामा छाडिन्छ, किन साहसी मानिसहरू अरूको कार्यकर्ता मात्रै बनाइन्छन् ? नेतृत्व गर्नेले जवाफ दिनु पर्दैन ?

यो पनि…
पल प्रकरण : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पल शाह प्रकरण : पक्ष/विपक्षमा विभाजित सिने क्षेत्र



...
Juliana

Deww pornAdult vacation vikingTeen cheerleaders auditonsSex hentaisAmeture milf galleryHourglass escortReliable pornIfilm superbowl superbowl is gay xnxx Free galleries pictures forced pornIntense itching vaginal areaNake dpornSex before pelvic examMonster cocks in white slutElizabeth shue in piranha nakedGay film theftCock free gay huge long videoLynn sexual martinGay teen boy sex xxx https://new.xnxxtubexxx.cc/ Cum fileAdult light up sneakersKorean dvd adultCoed lesbian collegeComic free tgp xxxFree horny milfs fuckingInflamed anus area xnxx Es film gratis pornSantonio strip clubsAdult fanfic tin manPooja indian escort dubaiFree mature hot babes clipsTen thousand fists ten thousand fistsAdult gymnastics san joseJack's asian adventures tia tanakaFree sexy humiliated womenMilf giovannaWill she fuckFull free celebrity sex videosOtt nakedYoung girls pissing tubeFree hentai sex cenesHandsome older men nakedFemale lesbians masturbating sex watchMale nude rock starsDogs penis will not retractFat horny asian girlsNude beauty sex Here is my web blog web site

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

Latest










Popular
Suggested