English

नेपालको भ्रष्टाचारलाई गिज्यायो ट्रान्सपरेन्सी सूचकांकले



नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षजस्तै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ ।

नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गत वर्ष पनि नेपालको स्कोर त्यति नै थियो । १८० वटा मुलुकहरुको वरीयता क्रममा नेपाल ११७ औं स्थानमा रहेको छ । नेपालको गत वर्षको अवस्था पनि यस्तै थियो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भनेको छ, ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिन्छ ।’

नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गत वर्ष पनि नेपालको स्कोर त्यति नै थियो । १८० वटा मुलुकहरुको वरीयता क्रममा नेपाल ११७ औं स्थानमा रहेको छ । नेपालको गत वर्षको अवस्था पनि यस्तै थियो ।

भ्रष्टाचारमा दक्षिण एसियाली देश

ट्रान्सपरेन्सी इन्टरनेशनलको सीपीआईको सूचकको आधारलाई हेर्दा दक्षिण एसियाली मुलुकहरुको तुलना गर्ने हो भने नेपालको अवस्था सुधारोन्मुख छैन । भुटानले ६८ अंक पाएको छ भने भारत र माल्दिभ्स ४०, श्रीलंका ३७ अंकका साथ नेपालभन्दा अगाडि छन् ।

सीपीआईको सूचकको अनुसार पाकिस्तानले २८, बंगलादेशले २६ अंक पाएका छन् । अफगानिस्तान १६ अंकका साथ सबैभन्दा भ्रष्टाचार हुने मुलुकहरूको चौथो श्रेणीमा छ ।

नेपालको अवस्था

नेपालमा भ्रष्टाचारको अवस्था सुधार हुन सकेको छैन । सुधार नहुनुमा सार्वजनिक क्षेत्रमा भएको अनियमितता र अधिकारको दुरुपयोगलाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रमुख कारण मानेको छ ।

नेपालमा भ्रष्टाचारको अवस्था सुधार हुन सकेको छैन । सुधार नहुनुमा सार्वजनिक क्षेत्रमा भएको अनियमितता र अधिकारको दुरुपयोगलाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रमुख कारण मानेको छ ।

व्यापार व्यवसायमा व्याप्त घुसखोरी, कारवाहीमा उदासिनता अनि सूचनामा नागरिकको पहुँच नभएकाले पनि अनियमितता मौलाएको टीआई नेपालको विज्ञप्तिमा उल्लेख छ । उसले राजनीतिक क्षेत्रमा भ्रष्टाचार नियन्त्रण नहुनुलाई प्रमुख समस्या मानेको छ ।

साथैसाथै सार्वजनिक पदाधिकारीमाथिको प्रश्न, अन्तरदेशीय भ्रष्टाचार र शक्तिमाथिको नियन्त्रणलाई पनि प्रमुख चुनौतीको रुपमा औंल्याएको छ ।

यी देश राम्रो सुशासनमा अगाडि

यसपालिको सर्वेक्षणमा परेका १८० मुलुकमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले ८८ अंक पाएर राम्रो सुशासन भएको मुलुकमा परेका छन् । सबैभन्दा बढी भ्रष्टाचार व्याप्त दक्षिणी सुडानले ११ अंक मात्रै पाएको छ । ५० भन्दा कम अंक ल्याउने मुलुक भ्रष्टाचारले आक्रान्त भनी चित्रण गरिन्छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘नागरिक हकअधिकार कमजोर भएका देशमा भ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप वृद्धि हुने’ बताएको छ ।

यो पनि
प्रशासनलाई टेर्दैनन् निर्माण कम्पनी, नदीको धारै परिवर्तन गराइ उत्खनन
चोरी-तस्करीले घट्यो राजस्व, लक्ष्य भेट्टाउन मुश्किल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो