English

ट्रेन्डिङ १ मा गायक पशुपति शर्माको ‘सारंगी र्‍याईं र्‍याईं’



गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वर रहेको ‘सारंगी र्‍याईं र्‍याईं’ बोलको गीत युट्युवको ट्रेन्डिङ १ मा पुगेको छ । उक्त गीत १ साता अघि सार्वजनिक भएको थियो ।

गायक शर्माको शब्द तथा संगीत रहेको उक्त गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् । मारुनी स्टुडियो रेकर्डिङ भएको गीतको भिडियोमा मोडल करिश्मा ढकाल र शर्माको अभिनय छ ।

प्रकाश भट्टले निर्देशन गरेको उक्त भिडियोलाई नबराज उप्रेतीले छायाँकन गरेका हुन् भने प्रबिन भट्टले सम्पादन गरेका छन् ।

हालसम्म गीतले युट्युबमा १६ लाखभन्दा बढी भ्युज पाइसकेको छ । साथै, टिकटकमा पनि यो गीत भाइरल छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested