English

‘गीतका सर्जकलाई किन धम्क्याउने ?’



चर्चित गायक प्रकाश सपूतको ‘पिर’ शीर्षकको गीतले जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै विशेष गरी नेकपा माओवादी केन्द्रका नेताहरूले गम्भीर आपत्ति जनाइरहेका बेला जनयुद्धकै एक शीर्ष नेता डा.बाबुराम भट्टराईले भने समर्थन गरेका छन् ।

परिवर्तनका लागि भनिएको जनयुद्धले वास्तविक जनताको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको र रोजगारीका लागि विदेश जानुपर्ने अवस्था गीतमा देखाइएको छ । १६ मिनेट २५ सेकेन्डको उक्त गीतको अन्त्यमा रुमालमा देशको माटो पोको पारेर परदेश लागेको देखाइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.भट्टराईले आफू पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपूतको गीतमा टिप्पणी गर्ने अधिकार रहेको उल्लेख गर्दै गीतमा आपत्तिजनक कुरा नरहेको प्रतिक्रिया दिएका हुन् ।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु– त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन’, डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्क्याउने ?’

यो पनि…
प्रकाश सपूतको ‘पिर’ गीत विवादमा, युट्युबबाट तत्काल हटाउन माओवादी नेताहरूको आग्रह
बाबुरामको प्रतिवेदन : कुन दल कस्ता ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested