English

अर्थमन्त्रीले किन राजीनामा दिनुपर्छ ?



प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माको विशेष सक्रियतामा नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि धावा बोलियो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई मन्त्रिपरिषद्को बैठकले नै निलम्बन गर्ने निर्णय गर्यो । तर, सरकारले गरेको यो फरमानको मसीसमेत सुक्न नपाई सर्वोच्च अदालतले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दियो । आजदेखि नै गभर्नर अधिकारीले आफ्नो काम सुचारु गरे ।

सर्वोच्चको यो अन्तरिम फैसलाले दिएको सन्देशको गहिरो अर्थ छ भन्ने बुझ्न जरुरी छ सरकार र अर्थमन्त्री शर्माले ।

गर्भनर निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न आदेश दिएर सर्वोच्चले विधिको शासनको अस्तित्व अझै रहेको सन्देश दिएको छ । सर्वोच्चको यो अन्तरिम फैसलाले दिएको सन्देशको गहिरो अर्थ छ भन्ने बुझ्न जरुरी छ सरकार र अर्थमन्त्री शर्माले ।

सर्वोच्चको उक्त आदेशले सरकार र यसका अर्थमन्त्रीको कति कच्चा काम थियो भन्ने पनि प्रष्ट पारेको छ ।

अर्थमन्त्री शर्माले राष्ट्र बैंक मन्त्रालयको शाखा कार्यालय हो भन्ने बुझ्नु आफैँमा गलत थियो । देशको ढुकुटी चलाउने जिम्मा लिएर बस्ने अर्थमन्त्रीको जंगली व्यवहारले देशको अर्थतन्त्रमाथि नकारात्मक असर पर्छ भन्ने हेक्का राख्न नसक्नु आफैँमा उदेकलाग्दो कुरा हो । मुलुकले कस्तो व्यक्तिलाई देशकै ढुकुटीको साँचो सुम्पिएको रहेछ भनेर आमजनता पश्चातापमा पर्नु आफैँमा विडम्बनापूर्ण कुरा हो ।

देशको वित्तीय स्थायित्व कायम गर्न अविच्छिन्नरूपमा काम गर्ने दायित्व बोकेको संस्थामाथि अर्थमन्त्री शर्माले गरेको प्रहार निन्दनीय त छँदैछ, उत्तिकै दण्डनीय पनि ।

राष्ट्रको केन्द्रीय बैंकको स्वायत्ततामाथि निशाना लगाउने मन्त्री शर्माको लहडलाई गम्भीररूपमा लिन जरुरी छ । देशको मौद्रिक नीति निर्माण गर्ने संस्थाको मनोबल गिराएर अर्थमन्त्री शर्माले कसलाई रिझाउन खोजेका हुन् ? देशको वित्तीय स्थायित्व कायम गर्न अविच्छिन्नरूपमा काम गर्ने दायित्व बोकेको संस्थामाथि अर्थमन्त्री शर्माले गरेको प्रहार निन्दनीय त छँदैछ, उत्तिकै दण्डनीय पनि ।

मुलुकको अर्थतन्त्र बिरामी भएको विमर्श चलिरहेको बेला अर्थमन्त्री शर्माले गरेको यो अपराधको सजाय भनेको उनले नैतिकता प्रदर्शन गर्दै पदबाट राजीनामा दिनु नै हो ।

मुलुकको अर्थतन्त्र सुधारको जिम्मेवारी बोकेको अर्थमन्त्रीबाट देशको संवेदनशील स्वायत्त निकायमाथि राजनीतिक हस्तक्षेप हुनु मुलुककै लागि लज्जाको विषय हो ।

मुलुकको अर्थतन्त्र सुधारको जिम्मेवारी बोकेको अर्थमन्त्रीबाट देशको संवेदनशील स्वायत्त निकायमाथि राजनीतिक हस्तक्षेप हुनु मुलुककै लागि लज्जाको विषय हो । यसैले, सर्वोच्चको उक्त आदेशपछि अर्थमन्त्रीको पदमा बसिरहने नैतिक छुट शर्मालाई छैन । यदि, अर्थमन्त्री शर्मासँग नैतिकताको केही अंश बाँकी छ भने अविलम्ब पदबाट राजीनामा दिनु नै उनी र मुलुककै हितमा हुनेछ । नत्र मुलुकको समग्र अर्थतन्त्रको लय बिग्रिने निश्चित छ ।

यो पनि…
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested