वर्षायाममा घर मर्मत गर्दा ध्यान दिनुहोस् यी कुराहरू



वर्षायाममा घरसँग सम्बन्धित धेरै कुराहरूमा ध्यान दिनु आवश्यक हुन्छ, जस्तै चुहावट, भिज्ने, महँगो उपकरण, बिजुली आदि । साथै, यदि तपाईं घरमा मर्मत गर्न जाँदै हुनुहुन्छ भने, त्यसअघि धेरै साना कुराहरूमा ध्यान दिनुपर्छ ।

– वर्षाको समयमा चुहावट एक सामान्य समस्या हो, त्यसैले घर मर्मत गर्नुअघि, घर, छत वा छत भुइँ जाँच गर्नुहोस् ।
– भित्तामा प्लास्टर गर्दा पनि दरारहरूमा ध्यान दिनु आवश्यक छ, अन्यथा यी दरारले चुहावट र वर्षाको पानी घरभित्र पस्छ ।
– भित्ता वा छतमा कुनै दरार देखिएमा तुरुन्तै सिमेन्टले भर्नुहोस्, ताकि पानी चुहिने सम्भावना नहोस् ।
पानी पर्दा मर्मत गर्ने काम गर्दा सबैभन्दा पहिले कहाँ चिसो हुन्छ र कस्ता कारणले हुन्छ, पत्ता लगाउने ।
– घर बनाउँदा ड्याम्प प्रुफिङ कोड (डीपीसी) राम्ररी नगरेमा घरमा भिज्ने समस्या हुन्छ । यसबाहेक भान्साकोठा वा बाथरुमको पाइपलाइनमा चुहावटका कारण सिल गर्ने समस्या पनि हुने गरेको पाइन्छ ।
– यससँगै ओसिलो हुनुको मुख्य कारण भूमिगत पानी पनि हो । जमिनमुनिको पानी पर्खालमाथि पुग्यो भने पूरै घरमा पुग्छ । तर, आजकल अधिकांश घरहरू पीभीसी पाइपबाट बनेका छन् । त्यसैले, पाइपबाट सिल हुने जोखिम कम भएको छ ।
– यदि, वर्षाको मौसममा बाहिरी भित्ताको दरारबाट पानी आउँछ भने, तपाईं यसलाई प्लास्टरले ठीक गर्न पनि सक्नुहुन्छ ।
– घरको कुनै भागमा चुहावटका कारण भित्ता वा स्विच बोर्डमा विद्युतीय तारबाट करेन्ट आएको छ छैन भनी थाहा पाउनका लागि बिजुलीको तार र विद्युतीय जडान जाँच गराउनु आवश्यक पर्छ ।
– तारमा भएको कुनै पनि त्रुटिलाई तुरुन्तै सच्याउनुहोस्, ताकि सर्ट सर्किटको सम्भावना हटोस् ।
– सुरक्षाको लागि, राम्रोसँग आर्थिङ गर्ने र प्रत्येक पावर बोर्डको लागि छुट्टै फ्युजहरू लगाउने ।
– मनसुनमा घर मर्मत गर्दा विशेष गरी भित्ताको प्लास्टर जाँच गर्नुहोस् । यदि, कतै दरारहरू देखिएमा, समयमै फेरि प्लास्टर गर्नुहोस् ।
– प्लास्टर अघि पुट्टी लगाउनुपर्छ । साथै, प्लास्टर गर्दा वाटर प्रुफिङ कम्पाउन्ड गराउनुहोस् ।
पेन्टिङ गर्दा भित्ताको प्लास्टरमा दरार नभएको खण्डमा वाटरप्रुफ पेन्टले पेन्ट गर्नुहोस् ।
– यदि, घरमा ओसिलोपन छ भने, त्यसका लागि तत्काल वाटरप्रुफिङ कम्पाउन्डहरू आउँछन्, यसलाई भिजेको भित्ताहरूमा लगाउनुहोस् यसले राम्रो परिणाम दिन्छ ।
– बाहिरी भित्ताहरूको प्लास्टरमा वाटर प्रुफिङ कम्पाउन्ड जोडेर गर्नुपर्छ, जुन कम्तिमा १५ मि.मि.सम्मको हुनुपर्छ ।
– घरका लागि अर्को महत्वपूर्ण सुरक्षाको उपाय भनेको खोलाछेउ र पहिरोजस्ता भूक्षय हुने ठाउँबाट घरलाई सुरक्षित राख्नुपर्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



...
पुरानो सामानबाट नयाँ सजावट - Mero LifeStyle Mero LifeStyle

[…] मान्छेको चाहना हुन्छ, आफ्नो घर सुन्दर, सफा र चिटिक्क परेको होस् । तर […]

...
अझै केही दिन वर्षा - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

बजेटको सीमितताले गर्दा घरलाई चाहेजस्तो आकर्षक बनाउन सकिँदैन । तर कतिपय तौर तरिका अपनाउँदा कम बजेटमै पनि आफ्नो घरलाई आकर्षक

घरमा व्यक्तिले गलत तरिकाले गरेको कुनै कुराले वास्तु दोष निम्त्याउन सक्छ । यस क्रममा वास्तु अनुसार घरमा रहेको सिँढीलाई निकै

हरेककोे घरमा काम नलाग्ने धेरै वस्तुहरूले ठाउँ ओगटिरहेका हुन्छन् । सामानहरू टुटेर, फुटेर, भाँचिएर, च्यातिएर बिग्रिएका सर–सामानले घरको सुन्दरतालाई बिगारिरहेको

घरलाई नयाँ रूप दिनको लागि बजेट मात्र होइन रचनात्मक सोच, कल्पना र अलिकति मिहिनेत पनि चाहिन्छ । यसको सहयोगमा, साधारण

Suggested