English

घर सजाउन यसो गर्नुहोस्



अपार्टमेन्ट एकल व्यक्तिहरूको लागि उत्तम हो जुन कम बजेटमा पनि व्यवस्थित गर्न सकिन्छ । हार कोहीलाई सुन्दर र खुल्ला घर मन पर्छ । सानो घरलाई सुन्दर बनाउन यसो गर्न सक्नु हुन्छ ।

तटस्थ रंग छान्नुहोस्

यदि तपाई सानो घरलाई ठुलो र सुन्दर बनाउन चाहनुहुन्छ भने भित्ताका लागि सेतो वा खैरो जस्ता हल्का रंग रोज्नुहोस । हो, तपाईँ बोल्ड रंगहरूमा फर्निचर छनोट गर्न सक्नुहुन्छ । हल्का रंगहरूले प्राकृतिक प्रकाशलाई अवशोषित गर्दैन, जसले घर चिसो राख्छ । हल्का रंगका भित्ताहरूसँग गाढा रंगको फर्निचरको संयोजन राम्रो देखिन्छ ।

फोल्ड गर्न मिल्ने फर्निचर

सबैभन्दा पहिला, सानो घरमा धेरै फर्निचरले भर्नु हुँदैन । यसले घर भरिएको मात्रै होइन, हिँड्दा धेरै चोटि चोट लाग्ने सम्भावना पनि हुन्छ । त्यसैले विभिन्न तरिकाले प्रयोग गर्न सक्ने फर्निचरलाई ठाउँ दिनुहोस् । यसो गर्दा आवश्यकता अनुसार फोल्ड गरेर हटाउन पनि सक्नुहुन्छ ।

मिनिमम सजावट

सजावटका लागि झूमर वा बत्ती जडान गर्नुअघि आफ्नो घरको क्षेत्रफल हेर्नुहोस किनभने सुन्दरताको घेरामा ठाउँ दिनुभयो भने घर एकदमै भरिपूर्ण देखिन्छ । यिनीहरूको सट्टा, साना प्लान्टहरू वा झुन्ड्याउने बिरुवाहरूको प्रयोग गर्न सक्नुहुन्छ । जसले घरलाई सुन्दर मात्र नभई हरियाली पनि बनाउँछ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested