English

अनौठो : बेलायती प्रिन्स ह्यारीको पेन्टिङ बनाउने सुँगुरले कमायो लाखौँ रुपैयाँ !



यदि तपाईलाई एक सुँगुरले राम्रो पेन्टिङ बनाउँछ भन्यो भने पत्याउन गाह्रो पर्छ । तर पिग्कासो नामको एक सुँगुर केही वर्ष यता पेन्टिङको काम गरिरहेको छ । यसकै माध्यमबाट उसले राम्रो कमाइ गर्दछ ।

पिग्कासो

यो सुँगुरले बेलायतका प्रिन्स ह्यारीको पेन्टिङ बनाएको थियो । प्रिन्स ह्यारीको पेन्टिङ हालैमात्र स्पेनका एक व्यक्तिले २.३६ लाखमा किनेका छन् । पिग्कासोको उमेर चार वर्षको हो ।

पिग्कासो

यसले अहिलेसम्म आफ्ना पेन्टिङबाट ५० लाख ३७ हजार रुपैयाँ कमाएको छ । यो सुँगुरको मालिकको नाम जोने लेफसन हो । पिग्कासो र लेफसन साउथ अफ्रीकामा बस्छन् ।

पिग्कासो

यसबाट भएको कमाई लेफसन जनावरका लागि दिन्छिन् । पिग्कासो अनुभवि कलाकारको जसरी पेन्टिङ गर्दछ । अहिले यसको फोटो र भिडियो अत्याधिक भाइरल बनिरहेका छन् ।

पिग्कासो

यो भन्दा पहिला पनि पिग्कासोले बेलायतकी महारानी एलिजाबेथको एक पेन्टिङ बनाएको थियो । जो तीन लाख २० हजारमा बिक्री भएको थियो । धेरै कम मानिसलाई मात्र सुँगुर एक चतुर र बुद्धिमान जनावर भन्ने थाहा छ ।

यसलाई सिकाएको कुरा यसले तत्काल बुझ्ने गर्दछ । अमेरिकामा हरेक वर्ष १ मार्चमा राष्ट्रिय सुँगुर दिवस मनाइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,