English

‘नर्कको ढोका’, जहाँबाट हुन्छ, हरेक सेकेण्डमा लाखौं लिटर पानी गायब



अमेरिकाको क्यालिफोर्नियामा एउटा यस्तो ताल छ, जुन आजकाल मानिसका लागि आश्चर्यको विषय बनेको छ । यस तालमा ७२ फिट चौडा विशाल नरकको ढोका छ जसलाई कतिपयले ग्लोरी होल पनि भन्ने गर्छन् । यो अनौठो घटनाले स्थानीय बासिन्दा चकित छन् ।

ताल क्यालिफोर्नियाको पूर्वी नापा उपत्यकाको बेरिसामा अवस्थित छ । यो तालमा पानी धेरै परेकाले ७२ फिट चौडा सुरुङ बनेको छ । यो सुरुङले नालीको काम गरिरहेको छ, जसबाट तालमा भरिएको अतिरिक्त पानी बाहिर निस्किरहेको छ ।

वास्तवमा बैरिसा ताल प्राकृतिक होइन, मानिसले बनाएका हुन्, जसभित्र नरकको ढोका छ । यो ढोका विरलै खुल्ने गर्छ । आउनुहोस् जानौ नर्कको ढोका आखिर के हो ?

तालमा बनेको यो सुरुङ खाडलजस्तो देखिन्छ । एक मिडिया रिपोर्टका अनुसार जब यो तालमा बढी पानी जम्मा हुन्छ, तब यो ठूलो प्वालबाट पानी निस्कन्छ । यो भुमरी जस्तै अचम्मको देखिन्छ । यो जलाशय अर्थात् ताल मोन्टिसेलो बाँधको माथि बनाइएको हो ।

यस जलाशयमा ५२ मिलियन ग्यालन पानी भण्डारण गर्न सकिन्छ । सन् १९५० को दशकमा इन्जिनियरहरूले एउटा अचम्मको संरचना बनाएका थिए, जसका कारण तालमा यो दृश्य देखिन्छ ।

नापा काउन्टी, क्यालिफोर्नियाको पहाडी क्षेत्रको मानव निर्मितको सातौं ठूलो ताल हो । यसमा कंक्रिट बाँधको उचाइ करिब ३०४ फिट छ, जसका कारण यो ताल बनेको हो ।
यो ७२ फिट चौडा ग्लोरी होल तालको पानीले खतराको सिमाना नाघेपछि मात्र खोलिन्छ । यो तालको अतिरिक्त पानी हटाउन खोलिएको हो ।

प्रत्येक सेकेन्डमा १,३६० घनमिटर पानी छोडिन्छ

यस तालको पानीको सतह ४.७ मिटर नाघेपछि ग्लोरी होलबाट प्रत्येक सेकेन्डमा १ हजार ३ सय ६० घनमिटर पानी निस्कन सक्छ । यसको गेट खोल्दा प्रत्येक सेकेन्डमा १ हजार ३ सय ६० घनमिटर पानी बाहिर निस्कन्छ । यो पानी यहाँबाट अर्को ठाउँमा पुग्छ । यो दृश्य हेर्न यहाँ मानिसहरू जम्मा हुन्छन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested