English

कुकुरले फेला पार्‍यो मानव खप्पर



खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ । साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए ।

सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गरेका थिए ।

दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

मानव खप्पर फेला परेपछि प्रहरीचौकी छितापोखरी र इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले कानुनी प्रकृया पूरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताए ।सांकेतिक तस्बिर

यो पनि…
पृथ्वीमा भेटियो ४ हजार वर्ष पुरानो भूतको सहर

विश्वभर एलियन जहाजको चर्चा
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested