English

यस्तो छ मुखमा अमिलो पानी आउनुको कारण



बिना कारण डकार र मुखमा पानी आउनु शरीरमा खराबी हुनु हो । यो एक अम्लीय पदार्थ हो, जसको कारण तपाईंको मुखको स्वाद धेरै खराब हुन्छ ।

पाचन शक्ति ठीक नभएमा अमिलो डकार वा अमिलो बान्ता जस्ता समस्या हुन थाल्छ । यसको कारण धेरै तातो खाना, अमिलो चिजको अत्यधिक सेवन, जङ्क फुडको सेवन, समयमै नखाने र मसालेदार खाना हुन सक्छ ।

यो समस्यालाई हाइपर एसीडीटी भनिन्छ । अत्यधिक एसीडीटीको समस्या भएमा अमिलो डकार र बान्ता हुनुका साथै शरीर भारी हुने, वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने, टाउको दुख्ने, आँखामा जलन हुने जस्ता लक्षण देखिन सक्छन् । हाइपर एसीडीटीबाट छुट्कारा पाउने घरेलु उपाय यस प्रकार छन् :

हाइपर एसीडीटीको कारण

समयमै खाना नखानेमा अमिलो बान्ता वा एसीडीटीको समस्या बढी हुन्छ । यसबाहेक जसको पाचन शक्ति कमजोर हुन्छ, उनीहरूलाई पनि यस्तो समस्या हुने सम्भावना बढी हुन्छ । यसबाहेक अमिलो खानेकुरा, जङ्क फुड, अमिलो चीजको सेवन, अत्यधिक तातो खानेकुराका कारण पनि अमिलो बान्ता हुने समस्या पनि हुन सक्छ ।

हाइपर एसिडिटीबाट छुटकारा पाउने घरेलु उपाय

अमिलो बान्ता वा हाइपर एसिडिटीबाट तत्काल राहत पाउन बेकिङ सोडा पानी प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंलाई हाइपर एसीडीटीबाट तुरुन्तै राहत दिन सक्छ । यसबाहेक अरू धेरै उपायहरू पनि अपनाउन सकिन्छ ।

सौंफ र चिनी

अमिलो बान्ता भएमा सौँफ र चिनी खानुहोस् । सौंफ र चिनीले तपार्ईंको पाचन शक्तिलाई बलियो बनाउँछ । यसले पाचनमा आराम दिन्छ । यसले पेटमा हुने ग्यास र अपच हटाउन पनि प्रभावकारी हुन्छ । यदि, तपाईं हाइपर एसीडीटीबाट ग्रसित हुनुहुन्छ भने सौंफ र चिनीको नियमित सेवन गर्नु फाइदाजनक हुन्छ ।

दही

बारम्बार अमिलो बान्ता वा अमिलो डकार आइरहेको छ भने यस्तो अवस्थामा दही खानु फाइदाजनक छ । दहीको सेवनले पेटलाई शीतलता प्रदान गर्छ । यसका साथै अमिलो बान्ता र डकार आउने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

कागती पानी

गर्मीमा धेरैलाई यस्तो समस्या हुन सक्छ । यस्तो अवस्थामा कागती पानी सेवन गर्न सकिन्छ । कागती पानीको सेवनले पाचन शक्तिलाई बलियो बनाउँछ । साथै, ग्यास र एसिडिटीबाट पनि राहत पाउन सकिन्छ । कालो नुन मिसाएर कागती पानी पिउनुभयो भने, बढी लाभदायक हुन सक्छ ।

बिरेनुन

हाइपर एसिडिटीबाट पीडित हुनुहुन्छ भने बिरेनुन तपाईंको लागि फाइदाजनक हुन्छ । बिरेनुन सेवन गर्नाले ग्यास, एसीडीटी र अपचबाट आराम मिल्छ । यसले एसीडीटीबाट छुट्कारा पाउन सकिन्छ ।

यो पनि…
हिँड्नुका फाइदा
उल्टो हिँड्दा हुने फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested