English

काखीको कालोपनलाई हटाउने घरेलु उपाय



गर्मीको मौसम आउँदा महिलाहरू सर्ट र स्लिभलेस लगाउन रुचाउँछन् । तर धेरै महिलाहरू अन्डरआर्म (काखी)को कालोपनका कारण स्लिभलेस लगाउन हिचकिचाउँछन् । यदि, तपाईं पनि तीमध्ये एक हुनुहुन्छ भने, केही उपायको मद्दतले यसबाट छुटकारा पाउन सक्नुहुन्छ ।

सरसफाइको अभाव, कपाल हटाउने क्रिम र गलत सेभिङ विधिका कारण हात मुनि कालो हुने गर्छ । केही यस्ता उपायहरू, जसले पक्कै पनि तपाईंलाई अन्डरआर्महरूको यो पिग्मेन्टेसन हटाउन मद्दत गर्न सक्छ ।

स्क्रब गर्ने

छालामा भएको मृत छालालाई हटाउनु धेरै महत्त्वपूर्ण कुरा हो । पसिना, फोहोर र मृत छालाको तहहरू तल हातमा जम्मा हुन्छ । यसलाई सफा गर्न स्क्रब प्रयोग गर्नुहोस । बडी स्क्रबको प्रयोग गरेरे अन्डरआर्महरू सफा गर्नुहोस् । यसका साथै क्लिन्जरको सहायताले सफा गर्न सक्नुहुन्छ । हप्तामा दुई पटक हातमुनिको छालालाई एक्सफोलिएट गर्नाले केही दिनमै फरक देखिनेछ ।

रौँ सफा गर्ने सही तरिका

आफ्नो अन्डरआर्म्सको कपाल सफा गर्न सेभिङ गर्नुहुन्छ । त्यसपछि छालामा कालोपन हुनेछ । तर, सेभिङ गर्नुअघि र पछि साबुन वा सेभिङ क्रिम प्रयोग गर्नुपर्छ यसले छालाको जलन कम गर्छ । साथै, आफ्टर सेभ मोइस्चराइजरको मद्दतले छालालाई जोगाउन सकिन्छ ।

सही डिओडोरेन्ट छनोट गर्ने

अन्डरआर्म्स कालो हुनुको कारण कहिलेकाहीँ डिओडोरेन्टले पनि हुन सक्छ । त्यसैले, सधैं अल्कोहल मुक्त र सुरक्षित सुगन्धको प्रयोग गर्नुहोस् । यसो गर्दा काखको छालामा नराम्रो असर पर्दैन । यसका साथै केही उपायको सहायताले पनि कालोपन हटाउन सकिन्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको