English

काखीको कालोपनलाई हटाउने घरेलु उपाय



गर्मीको मौसम आउँदा महिलाहरू सर्ट र स्लिभलेस लगाउन रुचाउँछन् । तर धेरै महिलाहरू अन्डरआर्म (काखी)को कालोपनका कारण स्लिभलेस लगाउन हिचकिचाउँछन् । यदि, तपाईं पनि तीमध्ये एक हुनुहुन्छ भने, केही उपायको मद्दतले यसबाट छुटकारा पाउन सक्नुहुन्छ ।

सरसफाइको अभाव, कपाल हटाउने क्रिम र गलत सेभिङ विधिका कारण हात मुनि कालो हुने गर्छ । केही यस्ता उपायहरू, जसले पक्कै पनि तपाईंलाई अन्डरआर्महरूको यो पिग्मेन्टेसन हटाउन मद्दत गर्न सक्छ ।

स्क्रब गर्ने

छालामा भएको मृत छालालाई हटाउनु धेरै महत्त्वपूर्ण कुरा हो । पसिना, फोहोर र मृत छालाको तहहरू तल हातमा जम्मा हुन्छ । यसलाई सफा गर्न स्क्रब प्रयोग गर्नुहोस । बडी स्क्रबको प्रयोग गरेरे अन्डरआर्महरू सफा गर्नुहोस् । यसका साथै क्लिन्जरको सहायताले सफा गर्न सक्नुहुन्छ । हप्तामा दुई पटक हातमुनिको छालालाई एक्सफोलिएट गर्नाले केही दिनमै फरक देखिनेछ ।

रौँ सफा गर्ने सही तरिका

आफ्नो अन्डरआर्म्सको कपाल सफा गर्न सेभिङ गर्नुहुन्छ । त्यसपछि छालामा कालोपन हुनेछ । तर, सेभिङ गर्नुअघि र पछि साबुन वा सेभिङ क्रिम प्रयोग गर्नुपर्छ यसले छालाको जलन कम गर्छ । साथै, आफ्टर सेभ मोइस्चराइजरको मद्दतले छालालाई जोगाउन सकिन्छ ।

सही डिओडोरेन्ट छनोट गर्ने

अन्डरआर्म्स कालो हुनुको कारण कहिलेकाहीँ डिओडोरेन्टले पनि हुन सक्छ । त्यसैले, सधैं अल्कोहल मुक्त र सुरक्षित सुगन्धको प्रयोग गर्नुहोस् । यसो गर्दा काखको छालामा नराम्रो असर पर्दैन । यसका साथै केही उपायको सहायताले पनि कालोपन हटाउन सकिन्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested