English

कपालको स्याहारमा कागतीको फाइदा



रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको बारेमा कुरा गर्दा सबैभन्दा पहिले कागतीको नाम आउँछ । भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुने भएकाले कागतीको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरलाई स्वस्थ राख्छ ।

त्यसैगरी, कागतीको सेवन छालाका लागि निकै फाइदाजनक मानिन्छ । कागतीलाई पिम्पल, सुक्खा छाला र नीरस छाला जस्ता समस्याहरूबाट छुटकारा दिन प्रयोग गरिन्छ ।

तर, के तपाईंलाई थाहा छ छालाजस्तै कागती कपालको समस्याबाट छुटकारा पाउन पनि निकै उपयोगी हुन्छ । यस लेखमा तपाईंले कपालको विभिन्न समस्यामा कागती प्रयोग गर्नुका फाइदाहरू र यसको प्रयोग गर्ने केही तरिकाहरू पढ्नुहुनेछ । आउनुहोस् जानौँ कपालको हेरचाह दिनचर्यामा कागती कसरी प्रयोग गर्न सकिन्छ ।

कागतीका फाइदाहरू

कागती भिटामिन ‘सी’ युक्त खानेकुरा भएकाले यो तत्व कपाल र टाउकोको लागि निकै फाइदाजनक साबित हुन्छ । कपालको लागि कागतीको उपयोगिताको केही प्रमाण अध्ययनमा पनि फेला परेको छ ।

केही अध्ययनका अनुसार कागतीको सेवनले टाउकोको डन्डीफोर र विभिन्न प्रकारका इन्फेक्सनबाट छुटकारा दिलाउन फाइदाजनक हुन्छ । अर्कोतर्फ, नरिवलको तेल, कपुर, जैतुनको तेल र महजस्ता प्राकृतिक तत्वहरू मिसाएर कागती लगाउनाले कपालको विभिन्न समस्याहरू निको हुन्छ ।

–कागतीमा भिटामिन ‘सी’ हुन्छ जसले कोलाजेनको उत्पादन र कपालको लम्बाइ बढाउँछ । यसो गर्दा कपालको फोलिकल्स उत्तेजित हुन्छन् र कपालको वृद्धि हुन्छ । साथै कपाल झर्ने नियन्त्रण पनि कम हुन्छ ।
–टाउकोको चाया र पिम्पलबाट छुटकारा पाउन घरेलु उपचारमा कागती रसको प्रयोग गर्न सक्नुहुन्छ ।
–कागतीको रस र बोक्रामा एन्टिफङ्गल तत्वहरू पाइन्छ, त्यसैले यसको प्रयोग कपालमा डन्ड्रफबाट राहत पाउन मद्दत गर्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested