English

कपाल झर्ने समस्या छ ? छुटकारा पाउन यसो गर्नुहोस्



हरेक महिलाको चाहाना हुन्छ, सुन्दर, बाक्लो र लामो कपाल ! लामो कपाल सौन्दर्यताको सङ्केत पनि हो ।

कपाल लामो र बाक्लो बनाउनको लागि बजारमा धेरै प्रकारका सामाग्रीहरू उपलब्ध छन् । तर, योसँगै हाम्रो भान्छामा पनि यस्ता धेरै कुराहरू पाइन्छ जसको मद्दतले कपालसम्बन्धी समस्याहरू हटाउन सकिन्छ । तीमध्ये स्याम्पु र चिनीको मिश्रले कपाललाई सुन्दर बनाउन सकिन्छ । यस्ता छन् स्याम्पुमा चिनी मिसाएर प्रयोग गर्नुको फाइदा :

सुख्खापन हटी कपाल सिल्की बन्छ

चिनी र स्याम्पुको मिश्रणले कपाललाई विशेष नमी प्रदान गर्दछ , जसका कारण कपालमा रहेको सुख्खा पन हट्छ ।

टाउकोको सरसफाइ

राम्रो र स्वस्थ कपालको लागि टाउकोको सफाइ धेरै महत्त्वपूर्ण हुन्छ । स्याम्पुमा चिनी मिसाएर प्रयोग गर्नाले कपाललाई पोषण मिल्नुका साथै टाउकोमा जमेको फोहोर पनि सफा हुन्छ । यदि टाउकोमा बारम्बार चिलाउने समस्या छ भने यो मिश्रण प्रयोग गर्नुपर्छ ।

डन्डीफोर

लामो समयसम्म डन्डीफोर रहनाले पनि कपाल झर्ने गर्छ । स्याम्पुमा चिनी मिसाएर आफ्नो टाउको धुनुहोस् तपाईंको टाउकोको भएका डन्डीफोरबाट छुटकारा पाउने यो राम्रो तरिका हो ।

कपालको वृद्धि छिटो हुन्छ

यदि तपाईं लामो कपाल चाहनुहुन्छ भने एक पटक चिनी र स्याम्पुको मिश्रण प्रयोग गर्नुहोस् । यस मिश्रणले धुँदा कपाललाई पर्याप्त पोषण मिल्छ, जसका कारण कपालको वृद्धि पनि बढ्न थाल्छ ।

प्रयोग गर्ने तरिका

पाउडर चिनीको प्रयोग गर्नुहोस् यसलाई मिश्रण गर्न सजिलो हुन्छ । स्याम्पु मा १ चम्चा मात्र चिनी राख्नुहोस् । स्याम्पु र चिनीको मिश्रण बनाएर प्रयोग गर्नुहोस् ।

यो पनि…
गर्मीमा के-के खाने ?

जानौं ध्यानका लागि हात मुद्राहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested