English

अनुहारमा निखार ल्याउने यस्ता छन् घरेलु विधि



गर्मी मौसम शुरु हुँदैछ । गर्मीमा छालाको हेरचाह गर्न निकै कठिन हुन्छ । चर्काे घाम र पसिनाका कारण छालामा विभिन्न समस्याहरू देखापर्छन् ।

त्यति मात्र होइन धुवाँ धुलो र प्रदूषणले छालाका साथै अनुहारको निखारता पनि हराउन सक्छ । छालाको हेरचाह राम्रोसँग गरिएन भने अनुहार फुस्रो हुने, चाया पोतो आउने लगायतका समस्या आउन सक्छन् । त्यसैले, छालाको हेरचाहमा विशेष ध्यान दिन जरुरी छ ।

हिजोआज अनुहार राम्रो बनाउनका लागि पार्लर जाने वा कस्मेटिक उपचार गर्ने प्रचलनमा विकास भएको छ । तर, त्यसले अनुहारको प्राकृतिक सुन्दरतालाई फिर्ता गर्दैन । त्यसका लागि तपाईले घरमा नै केही उपायहरू अपनाउन सक्नुहुन्छ ।

यसका लागि निकै उपयोगी हुन्छ, दही । दहीका साथमा निमको प्रयोग थप उपयोगी हुन जान्छ ।

कसरी बनाउने फेसप्याक ?

दही र निमको फेसप्याक बनाउन सजिलो छ । केही निमको पात र दही भएमा यस्तो प्याक बनाउन सकिन्छ ।

त्यसका लागि केही निमका पत्ताहरूलाई मिक्सरमा हाल्नुपर्छ । यसमा दुई टेबल चम्चा दही हाल्ने र त्यसलाई राम्ररी मिक्स गर्ने । अब यो पेस्टलाई आफ्नो स्किनमा लगाउने र १५ मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

के–के छन् फाइदा ?

अनुहारमा निखार ल्याउन सहयोगी

यो फेस प्याक भिटामिन्स र पोषक तत्वहरूले भरपुर हुन्छ । यसले हाम्रो स्किन सेल्सलाई स्वस्थ राख्छ र यसले हाम्रो अनुहारमा चमक ल्याउँछ ।

दाग धब्बालाई कम गछ

यो प्याकले खराब टिस्युहरूलाई रिपेयर गर्छ । यसलाई दैनिक लगाउनाले अनुहारको दाग (धब्बा) कम भएर जान्छ ।

घामबाट अनुहारको रक्षा गर्छ

नीम र दहीको मिश्रणले सनस्कीनको रुपमा पनि काम गर्छ । यसले हाम्रो स्किनलाई खतरनाक यूभी किरणबाट बचाउँछ । नीममा एन्टी ब्याक्टेरिया हुने भएकाले यसले खटिरा, डन्डीफोरबाला ब्याक्टेरियालाई मार्छ ।

स्किन टोनलाई सेतो बनाउँछ

यसले ब्लिचिङ एजेन्टको रूपमा पनि काम गर्छ । यसले तपाईंको स्किन टोन सेतो हुन्छ ।

छालाको रोगहरू भगाउँछ

दही र नीमको पेस्टले सानातिना छालाका बिमारीहरूलाई ठीक पार्छ ।

छालालाई नरम बनाउँछ

दहीले छालामा मोइस्चराइजरको रूपमा काम गर्छ र छालालाई मुलायम बनाउँछ ।

यो पनि…
दाग र चाउरीपन हटाउन पिठोको फेस प्याक
घाँटीको कालो दागबाट छुटकारा पाउन टमाटर उपयुक्त



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested