English

गर्मीमा छालामा देखिने समस्या र समाधान



डा. लैला लामा, छाला रोग विशेषज्ञ ।

गर्मी याममा विशेषगरी छालाको समस्याले मानिसहरुले हैरानी खेपिरहेका हुन्छन् । यो मौसममा घाम तथा बढ्दो तापक्रमले गर्दा शरीरमा धेरै पसिना आउने हुँदा छालामा विभिन्न समस्या देखिने हुन्छ । गर्मी मौसममा छालामा कस्ता खाले समस्या देखिन्छन् र त्यसबाट बच्ने उपायका बारेमा यहाँ चर्चा गरिएको छ ।

गर्मीमा छालामा देखिने समस्या
रिङ दाद

गर्मीमा पसिना अत्याधिक आउने हुँदा किटाणुको संक्रमण हुन्छ र रिङ दाद आउँछ । यसका साथै, खैरो दुवी, रौँको जरा पाक्ने, पिलो लगायतका समस्याहरु पनि देखिन सक्छन् ।

पोतो र डण्डीफोर

गर्मीमा छालामा चिल्लो पर्दार्थको मात्रा बढी निस्कन्छ । त्यसैले यस्तो अवस्थामा पोतो, एलर्जी र डन्डीफोर आउँछ ।

घमौरा

घमौरा पनि गर्मीमा देखिने एक जटिल समस्या हो । यो पनि धेरै किसिमको हुन्छ एउटा मसिनो रातो किसिमको हुन्छ र अर्को रातो पाक्ने खालको घमौरा पनि हुन्छ ।

छाला चिलाउने

गर्मीमा पसिनामार्फत धेरै पानी बग्ने र शरीरमा पानीको मात्रा कम हुन्छ । जसले छाला सुख्खा भएर अत्याधिक चिलाउने गर्छ ।

समाधान र बच्ने उपाय

– छालालाई सफा राख्ने
– पातलो सुतीको हावा छिर्ने कपडा लगाउने ।
– भेन्टिलेसन भएको कोठामा बस्ने ।
– सनस्क्रिनको प्रयोग गर्ने
– घाममा निस्कदा छाताको प्रयोग गर्ने
– पानी प्रशस्त पिउने ।
– घमौराको समस्या देखिएको छ भने दिनको एकपटक चिसो पानीले नुहाउने
– हरिया सागपात तथा फलफूल खाने
– चिकित्सकको सल्लाह लिने



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested