English

गर्मीमा छालामा देखिने समस्या र समाधान



डा. लैला लामा, छाला रोग विशेषज्ञ ।

गर्मी याममा विशेषगरी छालाको समस्याले मानिसहरुले हैरानी खेपिरहेका हुन्छन् । यो मौसममा घाम तथा बढ्दो तापक्रमले गर्दा शरीरमा धेरै पसिना आउने हुँदा छालामा विभिन्न समस्या देखिने हुन्छ । गर्मी मौसममा छालामा कस्ता खाले समस्या देखिन्छन् र त्यसबाट बच्ने उपायका बारेमा यहाँ चर्चा गरिएको छ ।

गर्मीमा छालामा देखिने समस्या
रिङ दाद

गर्मीमा पसिना अत्याधिक आउने हुँदा किटाणुको संक्रमण हुन्छ र रिङ दाद आउँछ । यसका साथै, खैरो दुवी, रौँको जरा पाक्ने, पिलो लगायतका समस्याहरु पनि देखिन सक्छन् ।

पोतो र डण्डीफोर

गर्मीमा छालामा चिल्लो पर्दार्थको मात्रा बढी निस्कन्छ । त्यसैले यस्तो अवस्थामा पोतो, एलर्जी र डन्डीफोर आउँछ ।

घमौरा

घमौरा पनि गर्मीमा देखिने एक जटिल समस्या हो । यो पनि धेरै किसिमको हुन्छ एउटा मसिनो रातो किसिमको हुन्छ र अर्को रातो पाक्ने खालको घमौरा पनि हुन्छ ।

छाला चिलाउने

गर्मीमा पसिनामार्फत धेरै पानी बग्ने र शरीरमा पानीको मात्रा कम हुन्छ । जसले छाला सुख्खा भएर अत्याधिक चिलाउने गर्छ ।

समाधान र बच्ने उपाय

– छालालाई सफा राख्ने
– पातलो सुतीको हावा छिर्ने कपडा लगाउने ।
– भेन्टिलेसन भएको कोठामा बस्ने ।
– सनस्क्रिनको प्रयोग गर्ने
– घाममा निस्कदा छाताको प्रयोग गर्ने
– पानी प्रशस्त पिउने ।
– घमौराको समस्या देखिएको छ भने दिनको एकपटक चिसो पानीले नुहाउने
– हरिया सागपात तथा फलफूल खाने
– चिकित्सकको सल्लाह लिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

इटहरी/ मोफसलमा चलचित्र पत्रकारितालाई थप व्यावसायिक र फराकिलो बनाउने तथा नेपाली फिल्म उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यका साथ चलचित्र पत्रकार संघ

Latest










Popular
Suggested