English

यस्ता पहिरनले रोक्छ पसिना



मानिस विभिन्न प्रकारका लुगा लगाउन रुचाउँछन् तर मौसमअनुसार कस्तो लुगा छान्ने भन्ने ध्यान राख्दैनन् । गर्मीमा निकै पसिना आउँछ । जसले गर्दा शरीरमा विभिन्न प्रकारका संक्रमण हुने सम्भावना हुने गर्दछ ।

शरीर चिलाउने अनि राता धब्बा आउने समस्या पनि आउन सक्छ । त्यसकारण गर्मीमा हामीले आफू स्मार्ट पनि देखिने, शरीर पनि नपोल्ने र शीतलता पनि प्रदान गर्ने अनि ट्रेन्डी लुगा लगाउन मनपराउँछौँ ।

कस्तो पहिरन लगाउने ?

सूतीका कपडा

सूतीका कपडाले पसिना सोस्ने काम गर्दछ र शरीर दुर्गन्धरहित बनाउँछ । यसले शरीरमा तौलियाका काम गरी छालामा मोस्चराइचरको कमी हुन दिँदैन । सूतीका कपडाले शरीरलाई शीतलता प्रदान गर्नुका साथै विभिन्न संक्रमणबाट पनि टाढा राख्छ ।

कम्फर्टेबल पहिरन

घामको रापमा खुला एवं हल्का पहिरन सजिलो हुन्छ । हिँडडुल गर्दा होस् वा कुनै काम गर्दा, लुज पहिरन उपयुक्त हुन्छ । यस्ता लुगामा पसिना आउने तथा बाफिने समस्या हुँदैन ।

हल्का रंगको कपडा

सेतो, पहेँलो, क्रिम कलर आदि रंगका लुगाहरू उज्यालो हुनुका साथै यसले शरीरलाई शीतलता पनि प्रदान गर्छ ।

ह्याट

गर्मीमा बाहिर निस्किनु छ भने स्कार्फ, ह्याट, चस्मा, छाता बोक्न कहिल्यै नर्बिसिनुस् । यसले तपाईंको मुहारलाई घामको शक्तिशाली विकरणबाट बच्न मद्दत गर्छ । यसले आँखालाई पनि जोगाउँछ र शीतल पनि राख्छ ।

स्टाइलिस स्कार्फ

गर्मीमा हामी हाप पाइन्ट वा टिसर्ट, जम्ससुट, जिन्स वा टप्स, कुर्ती, वानपिस, जिन्स र टिसर्ट लगाउन सक्छौं । यस्तो पहिरनसँगै स्कार्फको प्रयोग पनि गर्न सकिन्छ । स्कार्फ यसकारण उपयोगी हुन्छ कि, यसले स्टाइलिस त देखाउँछ नै घामको किरण र धुलो–धूँवाबाट पनि जोगाउँछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested