English

मोटो ज्यानलाई कस्ता पहिरन उपयुक्त



सामान्यत: मोटोपनलाई सुन्दर मानिँदैन । बढ्दो मोटोपनलाई स्वास्थ्यका हिसाबले जति चिन्ताको विषय मानिन्छ, यसलाई शारीरिक सौन्दर्य तथा व्यक्तित्वसँग पनि त्यसरी जोडेर हेर्ने गरिन्छ ।

स्वस्थ, फुर्तिलो र छरितो ज्यानलाई आकर्षक मानिन्छ । तर, मोटो हुनु आफैंमा नराम्रो भने होइन । अहिले बजारमा पहिरन र फेसनका हिसाबले विभिन्न थरीका पहिरन पाइन्छन् । मोटो शरीर हुनेका लागि पनि सुहाउँदो र आकर्षक पहिरनहरू पाइन्छ ।

आफ्नो फिगरअनुसारको पहिरन छनोट नभएर तथा अर्को पहिरनको उचित छनोट गर्न नसक्दा  चिन्ता हुनु स्वाभाविकै हो । शरीरअनुरूप कस्तो पहिरन छनोट गर्ने र कसरी लगाउने भन्ने कुरा मुख्य हो । फेसन डिजाइनर युवी थापा भन्छन्, ‘हरेक व्यक्तिले आफ्नो शरीरअनुसार सुहाउँदो पहिरन छनोट गर्न सक्नुपर्छ, जस्तोसुकै शरीरमा पनि मिलेको पहिरन लगाउँदा आकर्षक देखिन्छ ।’

मोटा महिलाले ठूला प्रिन्टका फेब्रिकभन्दा स–साना बुट्टा नै छान्नुपर्छ । बुट्टाको प्लेसमेन्ट जस्तोसुकै भए पनि आँखामाथिबाट तल फ्लो हुने खालको अर्थात् भर्टिकल हुनुपर्छ । यसले बडीको सेपलाई स्लिम लुक्स दिन्छ । चारपाटे तथा जिक ज्याक आकारको कपडा छनोट गर्नु हुँदैन ।

-कालो कलरले मात्र स्लिम देखाउने विश्वासबाट अघि बढेर अन्य ब्राइट कलर पनि प्रयोग गर्नु उपयुक्त हुन्छ । सकेसम्म एउटै कलरको पहिरन लगाउनुपर्छ । दुई–तीनवटा कलरका पहिरन लगाउँदा मोटो र होचो देखिन्छ ।

-कपडाको क्वालिटीमा सम्झौता गर्नुहुँदैन । लाइक्राजस्ता पहिरन जीउमा टाँसिन्छ । यस्ता जीउमै टाँसिने कपडा छान्नु हुँदैन ।
भी नेकका पहिरनले अग्लो र स्लिम देखाउँछन् ।

-मोटी महिलाले लेगिन्स लगाउँदा त्यसले अझ भद्दा देखाउँछ । रेडिमेड पहिरनको तुलनामा डिजाइनरसँग सल्लाह गरी आफ्नो सेप अनुकूल पहिरन तयार गराउँदा फिट र स्लिम लुक्स प्राप्त गर्न सकिन्छ ।

-प्लस साइजका प्रायस् महिलाहरूको वेस्ट र हिप बराबर हुन्छ । त्यसैले कम्मर र हिप डिफाइन्ड गर्न बेल्टसमेत लगाउनु उपयुक्त हुन्छ । यसमा बेल्ट लुज भए पनि केही फरक पर्दैन ।

-चुज पाइन्ट नलगाई फ्लेयर भएको पाइन्ट लगाउनुपर्छ । यसले अग्लो देखाई स्लिम प्रतीत गराउँछ ।

-एलाइन ड्रेस लगाउँदा बढी मोटोपन देखिन पाउँदैन भने चोलीमा ज्वाइन पहिरन नलगाई सीधा फ्लो भएको पहिरनले आँखा ब्रेकडाउन हुँदैन र स्लिम देखिन्छ ।

-ब्लाउजमा बोट नेक लगाउँदा भद्दा देखिने हुँदा भी नेक छान्नु उपयुक्त हुन्छ ।

-पेन्सिल स्कर्ट नलगाइ फ्लेयर स्कर्ट लगाउनुपर्छ । पेन्सिल स्कर्टले हिप ठूलो देखिन्छ । स्कर्टको लम्बाइ घुँडासम्म मात्र हुनुपर्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested