English

अन्तरिक्षयात्रीलाई किन हुन्छ मिर्गौला पत्थरी ?



अन्तरिक्षमा जान पाउने मानिस संसारकै भाग्यमानी हुन् भन्ने लाग्छ । तर, अन्तरिक्षयात्री बन्नु हामीले सोचेजस्तो सजिलो छैन ।अन्तरिक्षयात्रीहरूले नसोचेका मिर्गौलाको पत्थरी जस्तो दर्दनाक अनुभव पनि गर्नुपर्दछ ।

नासाको अनुसार अन्तरिक्षबाट पृथ्वीमा फर्केर आउने अन्तरिक्षयात्रीहरूमा मिर्गौलाको पत्थरीको समस्या देखिने गरेको छ । अहिलेसम्म नासाका ३० जना अन्तरिक्षयात्रीमा मिर्गौलाको पत्थरीको समस्या देखिइसकेको छ ।

अन्तरिक्षयात्रीमा मिर्गौलाको पत्थरी आखिर किन हुन्छ ? अन्तरिक्षयात्रा र पत्थरीबीचको सम्बन्धको तथ्य पत्ता लगाउनका लागि वैज्ञानिकहरू जुटिसकेका छन् ।

अनुसन्धानमा संलग्न युनिभर्सिटी कलेज लन्डनका मुत्ररोग विशेषज्ञसमेत रहेका वरिष्ठ प्राध्यापक डाक्टर स्टिफन वाल्सका अनुसार मिर्गौलाको पत्थरीको दुखाइ सबैभन्दा दर्दनाक पीडायुक्त हुन्छ ।

एकजना अन्तरिक्षयात्रीलाई अन्तरिक्षमै रहँदा मिर्गौलाको दुखाइ वा रेनल कोलिक भयो । यो अवस्थामा मुत्रनलीमा पत्थरी अडि्कएको हुन्छ । पत्थरीकै कारण उनलाई अन्तरिक्ष स्टेसनबाट फर्काउनुपर्‍यो ।

अन्तरिक्षमा माइक्रोग्राभिटीमा समय बिताउनाले हड्डीहरूको घनत्व कम हुन्छ । रगतमा क्याल्सियमको कमीले अन्तरिक्षयात्रीहरूको मिर्गौलाको पत्थरी बन्ने सम्भावना हुनसक्दछ ।

वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा माइक्रोग्राभिटीमा समय बिताउनाले हड्डीहरूको घनत्व कम हुन्छ । रगतमा क्याल्सियमको कमीले अन्तरिक्षयात्रीहरूको मिर्गौलाको पत्थरी बन्ने सम्भावना हुनसक्दछ । मिर्गौलामा पत्थरी हुनुको अर्को कारण शरीरमा पानीको मात्र अपुग हुनु वा डिहाइड्रेसन पनि हो ।

अन्तरिक्षयात्रीको मिर्गौलाको पत्थरीको कारण पत्ता लगाउन शोधकर्ताहरूले १० वटा मुसाको मिर्गौलाको विश्लेषण गरिरहेका छन् । ती मुसाहरू सन् २०२० को अन्त्यमा पृथ्वीमा फर्किनु अगाडि इन्टरनेसनल स्पेस स्टेसनमा थिए ।

साथै, पृथ्वीमा प्रयोगशालामा ग्यालाक्टिक कस्मिक विकिरणको सम्पर्कमा राखिएका थप २० वटा मुसाको पनि मिर्गौलाको विश्लेषण गरिनेछ ।

शुरुवाती संकेतहरूका अनुसार ग्यालेक्टिक कस्मिक विकिरणले मिर्गौलाको डीएनएमा क्षति पुर्‍याउने देखिएको छ । ती विकिरणमा गामा विकिरणका साथ उच्च ऊर्जायुक्त कण पनि सामेल हुन्छन् ।

यो अध्ययन अहिले प्रारम्भिक अवस्थामा रहेको छ । यद्यपि, शुरुवाती संकेतहरूका अनुसार ग्यालेक्टिक कस्मिक विकिरणले मिर्गौलाको डीएनएमा क्षति पुर्‍याउने देखिएको छ । ती विकिरणमा गामा विकिरणका साथ उच्च ऊर्जायुक्त कण पनि सामेल हुन्छन् ।

साथै, यसले उपापचयन प्रक्रिया र सरीरमा चिल्लो पदार्थको सञ्चारमा पनि असर गर्दछ । शोधकर्ताहरूले विकिरणका कारण मिर्गौलाको आसपासका प्रोटिनमा परिवर्तन आएको संकेत प्राप्त गरेका छन् ।

ग्यालेक्टिक कस्मिक विकिरणको सम्पर्कमा रहेका मुसाहरूमा प्रोटिनको स्तर कम पाइएको छ । कोशिकाहरूको पावरहाउस भनिने माइटोकन्ड्रिया क्षतिग्रस्त भएको पनि पाइएको छ ।

मिर्गौलाको विशेष हिस्सा भनिने प्रोक्सिमल ट्युबलर कोशिकाहरू पूर्णरूपमा माइटोकन्ड्रियाबाट बन्ने उर्जामा निर्भर हुन्छ । यस्तोमा जब प्रोक्सिमल ट्युबलर कोशिकाहरूको संख्या कम हुन्छ त्यतिबेला मिर्गौला फेल हुने सम्भावना बढी हुन्छ । स्पेस स्टेसनमा समय बिताएका मुसाहरूमा समेत यस्तै समस्या देखिएको छ ।

यो पनि
ब्रह्माण्डसम्बन्धी रोचक तथ्य
पृथ्वीजस्ता ग्रह २०० वटा फेला परेको नासाको दाबी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested