English

माछाहरू पनि जान्दछन् गणित



संसारमा धेरै प्रकारका माछा पाइन्छन् । माछामा गरिएको एक अनुसन्धानले अचम्मको जानकारी दिएको छ । यस अनुसन्धानका अनुसार धेरै जनावरहरू जस्तै माछाहरूले पनि आधारभूत गणित बुझ्छन् । गणित बुझ्ने जनावरहरूको सूची जारी गरिएको छ, जसमा स्टिङ रे र सिच्लिड माछाको नाम थपिएको छ ।

भर्खरै गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि धेरै जनावरहरूलाई कसरी जोड्ने र घटाउने भनेर थाहा छ । माहुरी र चराहरूको दिमाग सरल अंकगणित बुझ्न सक्षम हुन्छन् ।
सफा पानीमा पाइने स्टिङ रे माछा र जेब्रा माबुना सिच्लिडमा गणित बुझ्ने क्षमता भेटिएको छ । यी दुवै माछामा प्रतीक चिन्न सक्ने क्षमता भउको पाइएको छ । यो सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य हो । यो अध्ययन र माछाको गणित बुझ्ने क्षमताको बारेमा जानौं…

युनिभर्सिटी अफ बोनका प्राणीविज्ञानी भेरा स्लुसेल र उनको टोलीका साथीहरूले आफ्नो पेपरमा आश्चर्यजनक कुरा लेखेका छन् । उनले लेखेका छन कि यी माछाहरूले सम्बन्धित रङको आधारमा सबैभन्दा ठूलो र सानो संख्या छान्न सिकेका थिए । यसबाहेक माछालाई जोड्ने र घटाउने तरिका पनि थाहा हुन्छ ।

अन्वेषकहरूले माछालाई दुईवटा गेटका साथै फरक–फरक कार्डहरू देखाइदिए । माछाहरूलाई यसरी तालिम दिइएको थियो कि, यदि उनीहरूलाई तीनवटा नीलो स्क्वायर भएको कार्ड देखाइयो भने यसको अर्थ दाहिने ढोका हो । त्यहाँ चारवटा नीलो वर्गहरू हुनेछन् जसमध्ये तिनीहरूले एउटा थप्नुपर्छ । यदि, त्यहाँ पहेँलो कार्ड छ भने, तिनीहरूले सही गेट पहिचान गर्न अंकको संख्याबाट एक घटाउनुपर्छ ।

यो पनि
फिलिपिन्समा बाढी : ५३ जनाको मृत्यु, गाउँ जलमग्न
ब्राजिलमा भीषण बाढी पहिरो : कम्तिमा ७१ जनाको मृत्यु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested