English

माछाहरू पनि जान्दछन् गणित



संसारमा धेरै प्रकारका माछा पाइन्छन् । माछामा गरिएको एक अनुसन्धानले अचम्मको जानकारी दिएको छ । यस अनुसन्धानका अनुसार धेरै जनावरहरू जस्तै माछाहरूले पनि आधारभूत गणित बुझ्छन् । गणित बुझ्ने जनावरहरूको सूची जारी गरिएको छ, जसमा स्टिङ रे र सिच्लिड माछाको नाम थपिएको छ ।

भर्खरै गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि धेरै जनावरहरूलाई कसरी जोड्ने र घटाउने भनेर थाहा छ । माहुरी र चराहरूको दिमाग सरल अंकगणित बुझ्न सक्षम हुन्छन् ।
सफा पानीमा पाइने स्टिङ रे माछा र जेब्रा माबुना सिच्लिडमा गणित बुझ्ने क्षमता भेटिएको छ । यी दुवै माछामा प्रतीक चिन्न सक्ने क्षमता भउको पाइएको छ । यो सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य हो । यो अध्ययन र माछाको गणित बुझ्ने क्षमताको बारेमा जानौं…

युनिभर्सिटी अफ बोनका प्राणीविज्ञानी भेरा स्लुसेल र उनको टोलीका साथीहरूले आफ्नो पेपरमा आश्चर्यजनक कुरा लेखेका छन् । उनले लेखेका छन कि यी माछाहरूले सम्बन्धित रङको आधारमा सबैभन्दा ठूलो र सानो संख्या छान्न सिकेका थिए । यसबाहेक माछालाई जोड्ने र घटाउने तरिका पनि थाहा हुन्छ ।

अन्वेषकहरूले माछालाई दुईवटा गेटका साथै फरक–फरक कार्डहरू देखाइदिए । माछाहरूलाई यसरी तालिम दिइएको थियो कि, यदि उनीहरूलाई तीनवटा नीलो स्क्वायर भएको कार्ड देखाइयो भने यसको अर्थ दाहिने ढोका हो । त्यहाँ चारवटा नीलो वर्गहरू हुनेछन् जसमध्ये तिनीहरूले एउटा थप्नुपर्छ । यदि, त्यहाँ पहेँलो कार्ड छ भने, तिनीहरूले सही गेट पहिचान गर्न अंकको संख्याबाट एक घटाउनुपर्छ ।

यो पनि
फिलिपिन्समा बाढी : ५३ जनाको मृत्यु, गाउँ जलमग्न
ब्राजिलमा भीषण बाढी पहिरो : कम्तिमा ७१ जनाको मृत्यु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,