English

कोठामा रङ लगाउँदा यी कुरामा ध्यान दिनुहोस्



घर आफैँमा सानो संसार हो । मनोवैज्ञानिकहरू रङको संयोजनलाई महत्त्वका साथ हेर्ने गर्छन् । किनकि घरसँग मानिसको मनोविज्ञान पनि जोडिएको हुन्छ । घरभित्र र बाहिरको वातावरणले व्यक्तिको मानसिकतामा पनि प्रभाव पारिरहेको हुन्छ ।

हरेक सामान राख्दा रङको संयोजन कसरी गर्ने भन्ने कुरा झनै महत्त्वपूर्ण हुन्छ । घरभित्रको डिजाइन गर्दा कलर मिलाउन सकिएन भने घर भद्दा देखिन्छ । आकर्षक देखाउनका लागि भित्ताको कलर, फर्निचर, कार्पेट, पर्दा र अन्य सामानसँग मिल्नेखालको हुनुपर्छ ।

भान्सा कोठा

कोठाको बनावटअनुसार कलर गरेर भान्सालाई आकर्षक बनाउन सकिन्छ । भान्सामा सुन्तला र पहेँलो कलर राख्न सकिन्छ । तर, भान्सामा प्रयोग गरिने रङ गाढा हुनु आवश्यक छ ।

बेडरुम

बेडरुम को कलरले व्यक्तिको मनोविज्ञानमा असर पार्छ । यसमा हलुका नीलो, गुलाबी, पहेँलो कलर संयोजन गर्न सकिन्छ ।

बैठक कोठा

बैठककोठा खुला, उज्यालो र सहज लाग्ने हुनुपर्छ, यसका लागि भित्ताको कलर चम्किलो भएमा सोफा, टेबुल र दराज आदिको कलर हलुका राख्न सकिन्छ । तर, धेरै चम्किलो रङ पनि असहज लाग्ने खालको हुन्छ । तसर्थ बैठक कोठामा भित्ताको कलर अति चम्किलो राख्नुहुँदैन ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested