English

ब्राजिलमा भीषण बाढी पहिरो : कम्तिमा ७१ जनाको मृत्यु



ब्राजिलमा बाढी र पहिरोमा परेर कम्तिमा ७१ जनाको मृत्यु भएको छ । ब्रजिलको पेट्रापोलिस सहरमा गएको बाढीपहिरोमा अन्य केही हराइरहेका छन् ।

रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ । बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन्

सो सहरका मेयरले आपतकाल घोषणा गरेका छन् । बाढीमा फसेका मानिसहरको खोजी र उद्दार कार्य तीव्र पारिएको छ । सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियोहरूमा बाढीले ठूलो क्षति पु–याएको र सवारी साधन सडकमा तैरिएको देख्न सकिन्छ । ‘मैले जीवितै पुरिएकी एक किशोरीलाई फेला पारे,’ एक स्थानीय वेन्डेल पिओ लउरेन्सले भने । बाढी पहिरोले प्रभावित क्षेत्र रणभूमि जस्तो बनेको उनले बताए ।

रसिया भ्रमणमा रहेका राष्ट्रपति जैर बोल्सोनारोले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइने बताए । बाढीमा फसेका व्यक्तिको उद्दारका लागि सेना र विशेष समूह परिचालन गरिएको छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा ८० घरमा पानी बगेर क्षति पुगेको अनुमान गरिएको छ ।

यो पनि
युक्रेन संकटबारे बाइडेनले भने, ‘हमलाको सम्भावना अझै यथावत्’
सार्कले खायो पौडीबाजलाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested