English

युक्रेन संकटबारे बाइडेनले भने, ‘हमलाको सम्भावना अझै यथावत्’



अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसको हमलाको अझै पनि सम्भावना रहेको र उक्त हमलाको मानवीय मूल्य अति नै धेरै हुने बताएका छन् ।

टेलिभिजनमा राष्ट्रको नाममा गरिएको सम्बोधनमा बाइडेनले अमेरिका यस्तो प्रकारको कदमको निर्णायक जवाफ दिनका लागि तयार भएको बताएका छन् । अमेरिकी राष्ट्रपतिले रुसले अब युक्रेनसँगको सीमामा सैनिकको संख्या बढाएर करिब डेढ लाख पारेको बताएका छन् ।

रुसका रक्षामन्त्रीले मंगलबार सैन्य बलको संख्या घटाइदिएको बताएको थियो जबकी बाइडेनले यो कुरा अहिलेसम्म पनि पुष्टि हुन नसकेको बताएका छन् ।

उनले भने, ‘रुसले केही सेना फिर्ता बोलाएको त राम्रो हो तर हालसम्म यसको पुष्टि भएको छैन । रुसी सैन्य इकाई आफ्नो बेस फर्किरहेको भन्ने कुरा हामीले अहिलेसम्म पुष्टि गर्न सकेका छैनौँ । हामीले हाम्रो विश्लेषणमा रुसको सेनाले अहिले पनि युक्रेनको सीमामा धम्काउने र डर देखाउने स्थितिमा नै तैनाथ भएको पाएका छौँ ।’

बाइडेनको यो बयान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको त्यो बयान पछि सार्वजनिक भएको हो जसमा पुटिनले भनेका थिए, ‘मस्कोको सुरक्षाबारे चिन्ता गर्नुपर्छ र साथै यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ ।

यो पनि
रुसले युक्रेनको सीमाबाट फिर्ता गर्‍यो सेना
युक्रेन संकटप्रति राष्ट्रसंघले के भन्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested