English

सार्कले खायो पौडीबाजलाई



अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा सार्कको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । सिड्नीमा सन् १९६३ पछि पहिलो पटक सार्कको आक्रमणमा पौडी खेल्ने व्यक्तिको मृत्यु भएको हो । मालबार लिटल बेनजिक बुधबार मानिसको अवशेष फेला परेपछि आपतकालीन सेवा बोलाइएको थियो ।

न्यु साउद वेल्स राज्यका अधिकारीहरूले पीडितको नाम सार्वजनिक गरेका छैनन् । यसबारे थप अनुसन्धान सुरु गरिएको छ । लिटल बे र नजिकका अन्य समुद्री किनाराहरू बन्द गरिएका छन् । स्काई न्युज अस्ट्रेलियाका अनुसार बुधबार स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे सार्कले आक्रमण गर्दा सो क्षेत्रमा दर्जनौ मानिसहरू पौडी खेलिरहेका थिए ।

त्यस्तै केही मानिसहरूले माछा नजिकको ढुंगामा माछा मारिरहेका थिए । ‘केही व्यक्तिहरू पौडी खेलिरहेका थिए, त्यसैबेला सार्क आएर उसलाई आक्रमण गर्यो’, एक जना साक्षीको भनाइ उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ ।

‘हामीले चिच्याहट सुन्यौं र फर्कियौं । एउटा कार पानीमा झरेको जस्तो देखिएको थियो,’ उनले भने । त्यसबेला चट्टानमा माछा मारिरहेका अर्का व्यक्तिले एबीसी न्यूजलाई भने- पौडीबाज पहिले चिच्याइरहेको थियो । जब ऊ तल गयो त्यहाँ धेरै छर्राहरू थिए । उनले थपे, ‘उनी रमाइलोका लागि पौडी खेल्न गएका थिए, तर सार्कले उनको ज्यान लियो ।’

घाइतेलाई विपत्तिजनक चोटपटक लागेको र त्यहाँ चिकित्सकले केही गर्न नसक्ने न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले जनाएको छ ।

यो पनि
डिप्रेसन र एन्जाइटीमा के छ फरक ? (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested