English

किन जनावरको भन्दा मानिसको आयु लामो हुन्छ ?



के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन हाम्रो वरपरका जनावरहरूभन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाइँले एक वा धेरै पटक यसबारेमा सोचेको हुनुपर्छ ।

हाम्रा पशु साथीहरू– कुकुर वा बिरालाहरूका लागि २० वर्षको आयु लामो हुन्छ तर हाम्रा लागि ५०–६० वर्षको आयु कहिलेकाही छोटो मानिन्छ । किन ?

यसको साधारण कारण मानिसको औसत ७०–८० वर्षको उमेरमा मृत्यु हुनु हो । सन् २०१७ मा राष्ट्रसंघले मानिसको औषत आयु ७२ दशमलब ६ वर्ष जनाएको थियो ।

किन हाम्रो आयु लामो छ त ?

आयुले हाम्रो शरीरको आकारसँग केही सम्बन्ध राख्ने वैज्ञानिकहरू बताउँछन् । विज्ञहरूका अनुसार सानो शरिरको आकारले छिटो ऊर्जा खपत गर्छ जसले द्रुत गिरावट निम्त्याउँछ ।

उदाहरणका लागि एउटा मुसाको औसत आयु ३ दशमलब ७ वर्ष हुन्छ जबकी कुकुरको १० देखि १३ वर्षसम्म हुन्छ ।

त्यसो हो भने केवल पाँच इन्चको नांगो तिल मुसाको आयु किन जिराफ जत्तिकै हुन्छ ? जिराफ सामान्यतया २४ वर्ष बाँच्छ भने सानो मुसा २५ वर्ष बाँच्छ ।

नेचर जर्नलमा प्रकाशित क्याम्ब्रिजको वेलकम सेंगर इन्स्टिच्युटले गरेको नयाँ अध्ययनले लामो वा छोटो आयुका पछाडि आनुवंशिक क्षय र डीएनए उत्परिवर्तनको दर रहेको जनाएको छ ।

अध्ययनअनुसार लामो आयु भएका जनावरहरूले सफलतापूर्वक आफ्नोे डीएनए उत्परिवर्तन ढिलो गर्छन्, जसले उनीहरूको लामो आयुमा योगदान पुर्याउँछ ।

मुसा र बाघजस्तै जनावरहरूमा आनुवंशिक परिवर्तनहरूको समान ढाँचा फेला पर्नु अचम्मको विषय थियो ।

सोमाटिक उत्परिवर्तनहरू आनुवंशिक परिवर्तनहरू हुन् जुन सबै कोषिकाहरूमा हुन्छन् र प्रायः महत्वहीन हुन्छन् । तर, तिनीहरूमध्ये केहीले क्यान्सरको मार्गमा कोष राखिदिन सक्छन् वा सामान्य कार्यलाई असर गर्न सक्छन् ।

टेलीग्राफको एउटा रिपोर्टले अध्ययनका लेखकलाई उद्धृत गर्दै लेखेको छ, ‘मुसा र बाघजस्तै जनावरहरूमा आनुवंशिक परिवर्तनहरूको समान ढाँचा फेला पर्नु अचम्मको विषय थियो । ’

अब जिराफ र नग्न तिल–मुसाको उदाहरणतर्फ फर्कौ। तिनीहरूको लगभग समान आयुको चाबी आनुवंशिक उत्परिवर्तनको संख्यामा निहित छ । जिराफको आनुवंशिक उत्परिवर्तनको संख्या ९९ छ भने मुसाको ९३ हो ।

हामी मानिसहरूले एक वर्षमा मात्र ४७ उत्परिवर्तनहरू सामना फर्कौ । जबकी ३ दशमलब ७ वर्ष आयु भएका मुसाले हरेक वर्ष ७९६ उत्परिवर्तनहरू सामना गर्छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार खोजले बुढ्यौली प्रक्रिया, मृत्युको अपरिहार्यता र समयको बारेमा ज्ञानको ढोका खोल्छ ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested