English

निषेधाज्ञाको असर : भोक र प्यासले छट्पटाउन थाले सडकका जनावर



सरकारले जारी गरेको निषेधाज्ञासँगै यतिबेला सहर सुनसान छ । मानिसहरु घरबाहिर निस्किएका छैनन् । तर, भोकले छटपटिएका जनावरहरु आहारा खोज्दै भौंतारिएको हुल देख्न सकिन्छ । साथै, उनीहरुको चिच्याहटले सहरबासीलाई गिज्याइरहेको छ ।

हामी सह अस्तित्वमा बाच्नुपर्छ भन्ने लाग्छ,’ उनी भन्छन्, ‘तर, अहिलेका मानिसहरुमा आफु र आफ्नो परिवारबाहेक केही सोच्दैनन्, निकै स्वार्थी भएका छन् ।

काठमाडौं जोरपाटीमा बस्दै आएकी कमला सापकोटालाई सडकका जनावरको चिच्याहटले निराश बनाउँछ । पहिला–पहिला बेलुका भुकेर निद्रा डिस्ट्रब गर्ने कुकुरहरु दिउँसै घर अघि आएर भुक्न थालेका छन् । ‘ती भोकले नै छटपटिएर कराएका हुन्,’ उनी भन्छिन्, ‘यसरी दिउँसै कुकुर घर अघि आएर भुकेको मैले सुनेको थिइनँ ।’ त्यसो त उनले तिनै सडकका जनावरका लागि भनेर केही खाना सडकमै राखिदिन्छिन् ।

सञ्चारकर्मी तथा इभेन्ट म्योनजर प्रभात रिमालले पनि यी सडक जनावरको बिजोग देख्न सकेनन् । त्यसो त उनले घरमा मासु भात पकाएर सडकका कुकुरलाई खुवाए । उनले गत वर्षको लकडाउनमा पनि सडकका जनावरको सेवा गरेका थिए । ‘हामी सह अस्तित्वमा बाच्नुपर्छ भन्ने लाग्छ,’ उनी भन्छन्, ‘तर, अहिलेका मानिसहरुमा आफु र आफ्नो परिवारबाहेक केही सोच्दैनन्, निकै स्वार्थी भएका छन् ।’

सडकमा कुकुरमात्र नभएर गाई र साँढेहरुको चित्कार पनि सुुनिन्छ । यद्यपि, साँढे र गाईहरुले त सडक किनाराका घाँस खाएर केही दिन बाँच्न सक्छन् तर, कुकुरलाई त त्यो सम्भव छैन । सहर खुला हुँदा होटल तथा पसल ढुकेर बाँचेका कुकुरहरु यतिबेला भोकभोकै छन् । ‘मैले २०, २५ वटा कुकुरलाई एकदिन खाना खुवाएँ,’ रिमाल भन्छन्, ‘यसैगरी सबैले १–१ दिन खुवाउने हो भने तिनीहरुको आत्मा रमाउँथ्यो होला ।’

लामो समयदेखि सडकमा छोडिएका घाइते जनावरहरुलाई उपचार गर्ने काममा सक्रिय रहँदै आएकी स्नेहाका अनुसार अहिले स्नेहा केयरमा १ सय ७० कुकुर, ३५ गाई, ७ सुगुंर र ५ वटा बाख्रा रहेका छन् ।

रिमालजस्तै, थुप्रै मनकारी मनहरुले सडकमा अलपत्र परेका जनावरहरुको भोक मेटाउँदै आएका छन् । विगत ६ वर्ष देखि स्नेहा केयर संचालन गर्दै आएकी स्नेहा श्रेष्ठ अहिले मानिसहरुमा मानवता हराउँदै गएको बताउँछिन् । ‘मानिसहरु जनावर बुढो भयो, रोगी भयो अथवा आम्दानीको स्रोत बन्न सकेन भने बाटोमा लगेर छोडिदिन्छन्,’ उनले भनिन् ।

लामो समयदेखि सडकमा छोडिएका घाइते जनावरहरुलाई उपचार गर्ने काममा सक्रिय रहँदै आएकी स्नेहाका अनुसार अहिले स्नेहा केयरमा १ सय ७० कुकुर, ३५ गाई, ७ सुगुंर र ५ वटा बाख्रा रहेका छन् । १५ हजारभन्दा बढी घाइते जनावरहरुको उपचार गरिसकेको यस संस्थाले सडकका जनावरहरुलाई एन्टि रेबिज खोप लगाउने र बन्ध्याकरण गर्ने जस्ता कार्य पनि गर्छ ।

सडकमा छोडिएका तथा घाइते जनावरहरुको व्यवस्थापनमा खाटिएको यस संस्थालाई सरकारले केही सहयोग गरेको छैन । देश तथा विदेशमा रहेका नेपालीको सहयोगमा यो संस्था संचालित रहेको श्रेष्ठ बताउँछिन् ।

मानिस त भोक लाग्यो तिर्खा लाग्यो भन्न सक्छौ तर जनावरहरु बोल्न सक्दैनन् त्यसैले उनीहरुको समस्यालाई कसैले बुझेको हुँदैन ।’


सडकमा छोडिएका चौपायाहरुको व्यवस्थापन गर्ने काम त सरकारको हो तर सरकार तथा महानगरपालिकाले यस विषयमा केही चासो देखाएको छैन । अहिले निषेधाज्ञाको बेला सडकमा थुप्रै जनावरहरु भोकले छट्पटाई रहेका छन् ।

‘हामीले निषेधाज्ञाको पहिलो दिन बाटै सडकमा रहेका जनावरहरुलाई खाना दिँदै आएका छौ । तर, सबै नसमेटिएका पनि हुन सक्छन्,’ उनी भन्छिन्, ‘जनावरहरु मात्र हैन चराचुरुगीहरु पनि भोकले छट्पटाइरहेका छन् । मानिस त भोक लाग्यो तिर्खा लाग्यो भन्न सक्छौ तर जनावरहरु बोल्न सक्दैनन् त्यसैले उनीहरुको समस्यालाई कसैले बुझेको हुँदैन ।’

अघिल्लो लकडाउनमा महानगरले कर्मचारी खटाएरै सडकका जनावरलाई खाना दिने व्यवस्था गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल बताउँछन्

सडकमा रहेका जनावरहरुलाई खाना तथा पानीको व्यवस्था गर्ने कुरामा ध्यान दिइएन भने उनीहरु भोकले छट्पटायर मर्नु पर्ने अवस्था पनि आउन सक्छ ।

सहयोगी हात खोज्दै महानगर

काठमाडौ महानगरले केहीवर्ष अघि सडकमा रहेका जनावरहरु व्यवस्थापन गर्न उनीहरुलाई बन्ध्याकरण गर्ने रेबिज बिरुद्धको खोप लगाउने, तिनीहरुको संख्या नियन्त्रण गर्ने काम गर्दै आएको थियो । तर, अहिले भोक प्यासले छटपटाइरहेका जनावरका बारेमा महानगरले कुनै चासो देखाएको छैन ।

अघिल्लो लकडाउनमा महानगरले कर्मचारी खटाएरै सडकका जनावरलाई खाना दिने व्यवस्था गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल बताउँछन् । ‘यसपाली पनि केही संघ संस्थासँग समन्वय गरिरहेका छौ,’ उनले भने, ‘अहिले धेरै समस्यामा रहेका सामुदायिक कुकुर तथा बाँदरहरु छन् । त्यसैले यिनिहरुलाई खानाको व्यवस्थापन गर्न महानगरले सहयोगी हातहरुलाई आग्रह गरिरहेको छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम

काठमाडौं – नायक रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण  डान्सिङ शैलीको   ‘छाता ओढाइदेउन’ बोलको

हङकङमा संविधान दिवस धुमधामका साथ मनाइएको छ। हङहङस्थित महावाणिज्यदूतावासले आयोजना गरेको संविधान दिवस तथा शुभकामना कार्यक्रममा महावाणिज्यदूतावासका अधिकारी,विभिन्न संघसंस्थाका प्रतिनिधि,