English

‘ए मेरो हजुर ४’ बारे यसो भन्छिन् झरना थापा



‘ए मेरो हजुर ४’ चलचित्रकी निर्देशक झरना थापाले स्टारडमभन्दा कन्टेन बलियो हुने बताएकी छिन् । ‘फिल्ममा देखिने अनुहारले दर्शकलाई हलसम्म त ल्याउछ नै, तर कन्टेन बलियो नभए त्यसले काम गर्दैन । स्टारद्वारा हलसम्म तानिएका दर्शकलाई कन्टेनले होल्ड गर्न सक्नुपर्छ,’ उनले भनिन् ।

निर्देशक थापाले ‘ए मेरो हजुर ४’ मा अनमोल केसी वा सुहाना थापाको स्टारडमभन्दा फिल्ममा ज्यादा भरोसा रहेको बताएकी छन् । ‘निर्देशकको रूपमा भन्नुपर्दा यो फिल्मले जुन इन्टरटेनिङ भ्यालु बोकेको छ, मलाई त यही नै स्टार लाग्छ,’ उनले भनिन् ।

हामीले के कस्तो काम गर्यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छनिर्देशक थापाले ‘ए मेरो हजुर ४’ मा अनमोल केसी वा सुहाना थापाको स्टारडमभन्दा फिल्ममा ज्यादा भरोसा रहेको बताएकी छन् ।

‘निर्देशकको रूपमा भन्नुपर्दा यो फिल्मले जुन इन्टरटेनिङ भ्यालु बोकेको छ, मलाई त यही नै स्टार लाग्छ ।

थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम गर्यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

फिल्मको ट्रेलरमा अनमोल र सुहानाको प्रेम, कमेडी र बिछोड देखाइएको छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

यो पनि
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली फिल्मले दर्शकलाई हलसम्म डोर्याउन किन सकेन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested