English

‘ग्रहण’ फिल्म बनाउने घोषणा, कलाकार को-को ?



नेपाली फिल्म ‘ग्रहण’ बनाउने घोषणा गरिएको छ । डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमबीच घोषणा गरिएको हो ।

घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकारसमेत सार्वजनिक गरिएको छ । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्दैछन् ।

फिल्ममा हरि हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, विशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ । कथा निर्देशक गुरुङ हुन् । थ्रीलर ड्रामा जनर रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानरमा निर्माण हुनेछ ।

यो पनि…
निफमा बहस : राम्रो अभिनय के हो ?

गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली फिल्मले दर्शकलाई हलसम्म डोर्याउन किन सकेन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested