English

निर्माण नसकिँदै पोखरा विमानस्थलका पूर्वाधार हस्तान्तरण किन ?



निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत सकिएको छ । अझै ७ प्रतिशत काम बाँकी हुँदै हालसम्म बनिसकेका पूर्वाधार हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला निर्माण पूरा भएका पूर्वाधार हस्तान्तरण गर्न लागिएको विमानस्थल श्रोतले जनाएको छ । रनवेदेखि ट्याक्सी वे, टर्मिनल भवन सहित अधिकांश संरचना निर्माण भैसकेको छ । गएको जुलाई १० मै काम सकेर हस्तान्तरण गर्ने भनिएको विमानस्थल कोरोना संक्रमणका कारण १ वर्ष पछि सरेको हो ।

वाङ यी
चिनियाँ विदेशमन्त्री

आयोजना प्रमुख विनेश मुनन्कर्मीले भने औपचारिक जानकारी नआएको बताए । ‘शनिबार कार्यक्रम गर्ने कुरा फाइनल हो । तर त्यसको मोडालिटी बारे औपचारिक जानकारी छैन,’ उनले भने, ‘पूर्वाधार हस्तान्तरणबारे केन्द्रमा छलफल भएको होला । यहाँ केही खबर छैन ।’ बनिसकेका पूर्वाधार हस्तान्तरण गर्दा खासै असर नपर्ने उनले सुनाए । ‘आफ्नो देशको हाई प्रोफाइल आउँदा हस्तान्तरण गर्न खोजेको हुन सक्छ । त्यो राम्रै पनि हो,’ उनले भने, ‘भोलिसम्म कार्यक्रमबारे जानकारी होला ।’

विदेशमन्त्री यी पोखरा आउने कार्यक्रम भने छैन । उनले काठमाडौंबाटै भर्चुअल माध्यममा सम्बोधन गर्ने र पोखरा विमानस्थलको निरीक्षण गर्ने बताइएको छ । उनी भोलिदेखि १३ गतेसम्म नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७३ सालमा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । तर आवश्यक तयारी नपुगेको भन्दै १ वर्षसम्म काम सुरु हुन पाएन । चीनको सिएएमसीईले निर्माणको जिम्मा पाएको छ ।

यो पनि…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : निर्माण अन्तिम चरणमा, व्यवस्थापन भद्रगोल
यस्तो बन्यो २२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested