English

७ वर्षमा यस्तो बन्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (ड्रोन फोटो/भिडियो)

सातौं पटक म्याद थप अनुरोध


६ पटकसम्म म्याद थप हुँदा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अझै सम्पन्न हुन सकेको छैन । २०७१ माघ १ गतेबाट निर्माण सुरु भएको यस विमानस्थलको हालसम्म ९७ प्रतिशत काम सकिएको छ । बाँकी ३ प्रतिशत टर्मिनल भवनभित्रका काम हुन् । जसमा फल्स सिलिङ, उपकरण जडान, एसी जडान र फिनिसिङका काम बाँकी रहेको विमानस्थलका आयोजना प्रमुख ई. प्रवेश अधिकारी बताउँछन् ।

निर्माण कम्पनीले ३ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै सम्झौता गरेको थियो । आज त्यही कम्पनी सातौं पटक म्याद थपको तरखरमा छ । २०७७ पुष महिनामा छैटौं पटक थपिएको म्याद यही असार १६ गतेबाट सकियो ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सन गु्रपले ठेक्का सम्झौता गरेको यस विमानस्थलको कुल लागत ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । जसमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । यो जग्गा अधिग्रहण बाहेकको रकम हो ।

जग्गा मुआब्जाका लागि सरकारले २३ अर्ब रुपैयाँ बढी खर्चेको छ । ८ सय बिघा क्षेत्रफलमा फैलिएको विमानस्थल धावनमार्गको लम्बाई ३ किलोमिटर र चौडाई ४५ मिटर रहेको आयोजनाका मेकानिकल इन्जिनियर श्रीदेव भट्राईले बताए । उनकाअनुसार यस विमानस्थलको एप्रोनमा अन्तर्राष्ट्रिय उडान गर्ने ५ वटा जहाज पार्किङ गर्न सकिन्छ ।

भूकम्प, नाकाबन्दी, सामान ढुवानीमा ढिलाई र कोरोना भाइरसका कारण विमानस्थलको काम समयमै सम्पन्न हुन नसकेको आयोजना प्रमुख अधिकारी बताउँछन् ।

निर्माण कम्पनीले ३ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै सम्झौता गरेको थियो । आज त्यही कम्पनी सातौं पटक म्याद थपको तरखरमा छ । २०७७ पुष महिनामा छैटौं पटक थपिएको म्याद यही असार १६ गतेबाट सकियो । यो सँगै निर्माण कम्पनीले ६ महिना म्याद थपका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुरोध पत्र पठाइसकेको छ ।

त्यसो त गौतम बुद्धको जन्मथलो हेर्दै यस विमानस्थलमा उत्रिने स्वदेशी तथा विदेशी यात्रुको चाहना अझै पुरा हुने छाँटकाँट छैन । भूकम्प, नाकाबन्दी, सामान ढुवानीमा ढिलाई र कोरोना भाइरसका कारण विमानस्थलको काम समयमै सम्पन्न हुन नसकेको आयोजना प्रमुख अधिकारी बताउँछन् । ‘मूख्य ठेकेदार कम्पनी र सहायक कम्पनीबीचको विवादले पनि यसको निर्माणमा ढिलाई भयो,’ उनी भन्छन्, ‘निर्माण सम्पन्न गरिसक्ने भनिएको ३ वर्षमा २५ प्रतिशत मात्र काम भएको थियो ।’

यसका साथै, चीन र थाइल्याण्डबाट आउनुपर्ने उपकरण र कामदार कोरोनाका कारण आउन नसक्दा छैटौं पटकको म्यादभित्र काम सम्पन्न नसकिएको अधिकारीको दाबी छ । ‘चीनबाट जनशक्ति आउन नसक्दा ढिलो भयो,’ उनले भने, ‘सञ्चार उपकरणसँग सम्बन्धित मानिसहरु थाइल्याण्डबाट आउन नसक्दा पनि कामले गति लिन सकेन ।’

यो विमानस्थल बनेसँगै नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल हुनेछन् । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै हाराहारीको हो । ‘धावनमार्गका हिसाबले हेर्ने हो भने यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै हाराहारीको हो,’ आयोजना प्रमुख अधिकारीले भने, ‘यहाँको धावनमार्गदेखि अन्य संरचनामा जडान गरिएका उपकरण अत्याधुनिक छन् ।’

धावनमार्गको अन्तिम विन्दुमा फरक फरक रङका बत्तिहरु राखिएका छन् । साथै, रेस्क्यु एण्ड फायर फाइटेनिङ शाखा अन्तर्गत ४ वटा दमकल पनि आइसकेका छन् । उक्त दमकल अष्ट्रियाबाट आएका हुन् ।

यस्तो बन्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल :

यस्तो बन्यो २२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
यसरी थन्काइयो अमेरिकी खोप (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested