English

मःम पोटमा यसरी बनाउनुहोस् ढिक्री



ढिक्री थारू समुदायको लोकप्रिय परिकार हो । नेवारी परिकार योमरीजस्तै हुन्छ ढिक्री, यसलाई चामलको पिठोबाट बनाइन्छ । थारू समुदायमा ढिक्री परिकार दशैँ, तिहार तथा माघमा कुल देउतालाई चढाइन्छ । त्यसैले, थारू समुदायमा यो परिकारले धार्मिक र सामाजिक महत्व बोकेको छ । तर, यस परिकारलाई खाजाको रूपमा पनि खाइन्छ । यो परिकार थारू समुदायले आफ्नै मौलिक भाँडाहरू पैन, बट्ली, नाङ्लोको प्रयोग गरेर बनाउँछन् । पूजामा प्रयोग गरिने ढिक्री सादा हुन्छ । तर खाजामा विभिन्न फ्लेभर राखेर बनाउन सकिन्छ । मःम पकाउने भाँडामा खिर मसला र गुलियो राखेर खाजाको लागि यसरी बनाउन सकिन्छ ढिक्री ।

आवश्यक सामग्री

– चामलको पिठो आवश्यकता अनुसार
– पानी आवश्यकता अनुसार
– पिठो मुछ्ने भाँडा
– खिर मसला
– चिनी
– मःम बनाउने भाँडा

ढिक्री बनाउने तरिका

– भाँडामा चामलको पिठो लिनुहोस् ।
– टुक्रा–टुुक्रा पारेर वा पाउडर बनाएर खिर मसला र चिनी चामलको पिठोमा मिलाउनुहोस् ।
– यसरी मिलाइसकेको पिठोमा थोरै–थोरै पानी राख्दै पिठो मुछ्नुहोस् ।
– रोटी पकाउनुभन्दा हल्का सारो पिठो मुछ्नुहोस् ।
– तयारी पिठोलाई हातमा लिनुहोस् ।
– हातले थोरै बल लगाएर पिठोलाई गोलाकार या लामो आकार दिनुहोस् । यसरी ढिक्री तयार हुन्छ ।
– यसरी ढिक्री बनाएर नाङ्लोमा वा ट्रेमा राख्नुहोस् ।

पकाउने तरिका

– ढिक्री बनाउनुभन्दा पहिला मःम पोटमा पानी राखेर चुलोमा बसाल्नुहोस् ।
– मःम पोटमा पानी तातेपछि एक तह ढिक्री राख्नुहोस् र छोप्नुहोस् ।
– ढिक्रीबाट बफ निस्किसकेपछि अर्को तहमा ढिक्री राख्नुहोस् ।
– यसरी भाँडामा ढिक्री राख्दै जानुहोस् ।
– यसरी स्टिम गर्न राखिएको ढिक्री ३० मिनेटमा तयार हुन्छ ।
– अब तपाईंले यसलाई अचार वा तरकारीसंग खाना सक्नुहुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested