English

‘स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन’



नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।

सल्यानको एक कार्यक्रममा सहभागी हुने क्रममा शनिबार दिउँसो नेपालगञ्जमा उत्रिएका प्रवक्ता डा.महतले नेपाल प्रेस युनियन बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

‘गठबन्धनको सम्भावनलाई नर्कान सकिँदैन’, प्रवक्ता डा.महतले भने, ‘यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलह’ को उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउँछ त्यसमा भरपर्दछ । विनविन पोजिसनमा हुन सक्छ ।’

उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए ।

उनले नेपाली कांग्रेसका कार्यकर्ताहरू अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने पनि बताए ।

यो पनि…
यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका एजेन्डा

स्थानीय निर्वाचन : आयोगले तोक्यो मनोनयनपत्र दर्ता गर्ने समय
स्थानीय निर्वाचन : ठूला दल रणनीति बनाउँदै, साना दललाई छटपटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested