English

‘स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन’



नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।

सल्यानको एक कार्यक्रममा सहभागी हुने क्रममा शनिबार दिउँसो नेपालगञ्जमा उत्रिएका प्रवक्ता डा.महतले नेपाल प्रेस युनियन बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

‘गठबन्धनको सम्भावनलाई नर्कान सकिँदैन’, प्रवक्ता डा.महतले भने, ‘यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलह’ को उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउँछ त्यसमा भरपर्दछ । विनविन पोजिसनमा हुन सक्छ ।’

उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए ।

उनले नेपाली कांग्रेसका कार्यकर्ताहरू अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने पनि बताए ।

यो पनि…
यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका एजेन्डा

स्थानीय निर्वाचन : आयोगले तोक्यो मनोनयनपत्र दर्ता गर्ने समय
स्थानीय निर्वाचन : ठूला दल रणनीति बनाउँदै, साना दललाई छटपटी



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested