English

होलीले जोड्छ फरक–फरक समुदायलाई



‘रङ्ग’ यस्तो वस्तु हो, जुनबिना सबै चिज फिक्का हुन्छन् । रङ्ग छ र त जीवन पनि रङ्गीन छ । यसकै प्रयोग गरी मनाइने पर्व हो होली र फागु । विभिन्न रङ्गहरूको माध्यमबाट होलीलाई प्रेम, आत्मीयता र सद्भावका साथ हर्ष र उमङ्गको पर्वको रूपमा मनाइन्छ ।

कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ ।

तराईमा रहेका मधेसी र पहाडीया समुदायबीच सद्भावको सेतुको रुपमा पनि होलीले आफ्नो रङ छर्दै आएको छ । रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाउँछन् । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी पनि सहभागी हुन्छन् । केही मुसलमान समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता वसिम आलम बताउँछन् ।

गोविन्द छन्त्याल, उपाध्यक्ष
आदिवासी जनजाति महासंघ

यो पर्व छन्त्याल समुदायको मौलिक पर्व नभए पनि आजभोलि मनाउने गरेका छौँ, यसरी एक–अर्काको पर्वलाई सम्मानका साथ मनाउँदा अवश्य पनि सामाजिक सद्भाव बढ्छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ विश्वव्यापीकरणले भ्यालेटाइन डे, क्रिसमस लगायतका पर्व विभिन्न देशमा मनाए जस्तै होली वा फागु हाम्रो जातिको मौलिक पर्व नभए पनि सद्भावको भावनाले पछिल्लो समयमा अबिर लगाएर मनाउने गरेको आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले बताए । ‘यो पर्व छन्त्याल समुदायको मौलिक पर्व नभए पनि आजभोलि मनाउने गरेका छौँ,’ उनले भने, ‘यसरी एक–अर्काको पर्वलाई सम्मानका साथ मनाउँदा अवश्य पनि सामाजिक सद्भाव बढ्छ ।’

होली पर्व मिथिला समुदायमा बाजागाजासहित मनाइन्छ, सोहीको प्रभाव हाम्रो समुदायमा पनि परेको छ, डोल पाउनी वा फागु डोल भनेर मौलिक पर्वलाई होलीको रूपमा मनाउने गरेका छौँ ।

अभय राजवंशी, अध्यक्ष
कोचिला ग्राभुर फ्रन्ट

राजवंशी समुदायमा होली वा फागू पर्व पहिला मनाइँदैन थियो । तर, आजभोलि मनाउने गरिएको कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष अभय राजवंशी बताउँछन् । ‘होली पर्व मिथिला समुदायमा बाजागाजासहित मनाइन्छ, सोहीको प्रभाव हाम्रो समुदायमा पनि परेको छ,’ उनले भने, ‘डोल पाउनी वा फागु डोल भनेर मौलिक पर्वलाई होलीको रूपमा मनाउने गरेका छौँ ।’

उनका अनुसार ‘डोल पाउनी’ पर्वमा पुरुषले समूह बनाएर गाउँघरमा गीत गाएर मनाउँथे । सो गीतमार्फत पुरुषले आफ्नो यौन चाहना व्यक्त गर्थे । तर, आजभोलि यो पर्वलाई परिमार्जन गरी होलीको रूपमा मनाउने गरिएको उनले बताए । मिथिला समुदायले खुसीयालीका साथ मनाउने पर्वलाई राजवंशी समुदायले पनि मनाउन थालेका छन् ।

थारू समुदायको होली पर्व तीन दिन मनाइन्छ । पहिलो दिन अर्थात् पूर्णिमाको दिन होलिकाको चीर दहन गरी, दोस्रो दिन बिहानै चीर सेलाएर र तेस्रो दिन रङ्ग, अबिर एक अर्कामा दलेर मनाउने गरिएको थारू संस्कृतविद् अशोक थारू बताउँछन् । ‘चीर सेलाएर गाउँभरिको साझा देवता (देवाथनुवा) मा पूजा गरी गाउँको ठूलाबडालाई रङ्ग, अबिर लगाइदिएर दिनभरि होली खेलिन्छ, यसको भोलिपल्ट पनि खेल्ने चलन छ’ उनले भने, ‘समूह बनाएर घर–घर गएर होली खेल्ने गरिन्छ जसलाई ‘फागुवाइना’ भनिन्छ ।’

अशोक थारू
थारू संस्कृतविद्

चीर सेलाएर गाउँभरिको साझा देवता (देवाथनुवा) मा पूजा गरी गाउँको ठूलाबडालाई रङ्ग, अबिर लगाइदिएर दिनभरि होली खेलिन्छ, यसको भोलिपल्ट पनि खेल्ने चलन छ , समूह बनाएर घर–घर गएर होली खेल्ने गरिन्छ जसलाई ‘फागुवाइना’ भनिन्छ ।

यस पर्वमा घर–घरमा गएर रङ्ग अबिरको टिका लगाएर एक–अर्काबीच सद्भाव बाँडेर र वर्षदिनको दुःख, पीडा भुलाउने गरिन्छ । यसरी मनाएको पर्वले सामाजिक सद्भाव बढाएको छ ।

तराईमा होली र पहाडमा फागु पहिलादेखि नै मनाउँदै आएको संस्कृतविद् डा. जगमान गुरुङले बताए । ‘तराईमा होलिकाको चीर दहन गरिएको भोलिपल्ट खुसीयालीमा रङ्ग, अबिर दलेर खेलिने भएकोले ‘होली’ भनिएको हो,’ उनले भने, ‘ नेपाल मण्डल र पहाडमा फागू मनाउने चलन छ, कृष्ण भगवानले गोपिनीहरूसँग गरेको रासलीलासँग पनि फागु पर्व जोडिएको छ ।’

तराईमा होलिकाको चीर दहन गरिएको भोलिपल्ट खुसीयालीमा रङ्ग, अबिर दलेर खेलिने भएकोले ‘होली’ भनिएको हो, नेपाल मण्डल र पहाडमा फागू मनाउने चलन छ, कृष्ण भगवानले गोपिनीहरूसँग गरेको रासलीलासँग पनि फागु पर्व जोडिएको छ ।

डा. जगमान गुरुङ
संस्कृतविद्

रामले रावणलाई वध गरेर आएपछि ‘सत्यको जित’ भएको भन्दै यही खुसीयालीमा रङ्ग, अबिर लगाएर होली मनाइएको किंवदन्ती मिथिला समुदायमा रहेको मेरिगोल्ड सेकेन्डरी स्कुलका उप प्रधानाध्यापक धर्मदेव यादव बताउँछन् । ‘मिथिला समुदायमा मात्रै मनाइने होली पर्व आजभोलि सबै समुदायले मनाउनुहुन्छ,’ उनले भने, ‘समाज परिवर्तनसँगै पर्व पनि एक–अर्कासँग साटासाट गरी मनाउने चलन बढ्दो छ ।’

धर्मदेव यादव, उप प्रधानाध्यापक
मेरिगोल्ड सेकेन्डरी स्कुल

मिथिला समुदायमा मात्रै मनाइने होली पर्व आजभोलि सबै समुदायले मनाउनुहुन्छ, समाज परिवर्तनसँगै पर्व पनि एक–अर्कासँग साटासाट गरी मनाउने चलन बढ्दो छ ।

होलिकाको चीर दहन गरिएको होस् वा रामले रावणलाई वध गरेको खुसीयालीमा समुदायपिच्छे आ–आफ्नै किंवदन्ती छ । यद्यपि, जसरी मनाए पनि रङ्गको पर्व खुसियालीको पर्वको रूपमा मनाउने गरिएको छ ।

यो मौसम वसन्त ऋतुको अगमानसँगै बोटबिरुवाको नयाँ पालुवा पलाउँछ । मनमा हर्ष, हर्षोल्लासका साथ होली मनाउने गरिन्छ । ‘बुरा नमानो होली हे’ अर्थात् ‘नराम्रो नमान्नुहोस् होली हो’ बाटै प्रष्ट हुन्छ, होली पर्व रङ्गसँगै सामाजिक सद्भाव जोड्ने पर्व हो ।

यो पनि…
करिश्मा निवासमा होली : रङमा मस्त मगन (भिडियो पनि)
तराईमा हर्षोल्लासका साथ होली मनाइँदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,