English

मिथिलामा तीन दिन होली



मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो ।

मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मूल मधेशीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन् । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरेर शनिबार होली मनाउने तयारीमा छ ।

माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिबार होली मनाइने छ ।

छोड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले र मधेशी समुदायले उदाउँदो पूर्णिमा अर्थात् चैत कृष्ण प्रतिपदाका तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ । यसअनुसार शनिबार पनि होली खेलिने भएको छ । ‘माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिबार होली मनाइने छ’, मोफसलका पत्रकार वीरेन्द्र रमणले बताए ।

परिक्रमासँग सम्बन्धित भएर जनकपुर क्षेत्रमा पर्वको निर्धारण गरिन्छ भने अन्य क्षेत्रका आम मधेशी पूर्णिमाको भोलिपल्टै ‘होली’ मनाउँछन् । ‘आज पूर्णिमाका दिन पर्वते समुदायका मधेशी पर्व मनाउँदैछन्, हामी मूल मधेशी भोलि (शुक्रबार) मनाउँछौँ’, स्थानीय भङ्गाहा–४ का जवाहर महतोले बताए ।

तिथि घटबढ र परिक्रमा परम्पराले पर्व लगातार तीन दिन परे पनि यहाँ सांस्कृतिक घुलमिलले सबै ‘होली’ मा मिसिन्छन् । मधेश आजदेखि नै होलीको रङमा रङ्गिँदो छ । यो क्रम अब शनिबारसम्म रहनेछ । सबैको हातमा अबीरका झोली।।१ सबैको एउटै बोली, जय होली।।११ ‘बुरा नमानो होली है १’ जताततै होलीको रौनक एकाबिहानैदेखि देखिँदो छ ।

यसैबीच पर्वलाई सभ्य र शालीन ढङ्गले मनाउन प्रशासनिक निकाय र सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् । ‘होली’ सत्य र अहिंसाको प्रतीक पर्व भएकाले जबर्जस्ती रङ हाल्ने, लोला हान्ने र अरुलाई बाधा पर्ने गरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पक्षलाई निरुत्साहित गर्न पर्ने सबै निकायले आग्रह गरेका हुन् ।

यो पनि…
परम्परा बिर्सेर आधुनिक हुँदै गयो होली
लाग्यो ‘होेली’ लागेन फागु गीतको धुन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

Latest










Popular
Suggested