English

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाको गठबन्धन



जनकपुरधाम। मधेश प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच गठबन्धन बनेको छ।

एमाले मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले (६ माघ) बिहीबार संयुक्त रूपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन्।

उनीहरूका अनुसार एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साइकल छाप) लाई मतदान गर्ने सहमति भएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन यही १२ माघमा निर्वाचन हुँदै छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested