English

करिश्मा निवासमा होली : रङमा मस्त मगन (भिडियो पनि)

करिश्माको होली : कलाकारदेखि सांसदसम्म


होली । रंङ्गहरुको पर्व । यसले नछुने कसलाई छ र ! त्यसैले सामान्य नागरिकदेखि चर्चित सेलिब्रिटीसम्मले होलीलाई उल्लासमय मनाउँछन् । त्यसैमा पर्छिन्, अभिनेत्री करिश्मा मानन्धर । हरेक होलीको दिन करिश्माको आँगन रंगिन्छ । यसपटक पनि यस्तै भयो । करिश्माको घर आँगन होलीले रंगियो । कलाकार, गैर–कलाकारदेखि आफ्ना नजिकका आफन्त साथीभाईसँग उनले होली मनाइन् । ‘म हरेक चाडपर्वलाई उल्लासका साथ मनाउँछु,’ मग्न हुँदै उनले भनिन्, ‘त्यसमध्ये होली र तिहार विशेष मनाउँछु ।’

करिश्माले यसरी होली मनाउन थालेको वर्षौ बित्यो । यसको पनि कारण छ । उनको श्रीमान तथा चलचित्र निर्माता, निर्देशक बिनोद मानन्धरले आफ्नो जन्मदिनको पार्टी होलीकै दिन दिन्छन् । ‘म होलीको अघिल्लो दिन जन्मिएको हुँ,’ बिनोदले राज खोले, ‘होलीको संयोग परेकाले यो दिनलाई झनै उल्लासमय बनाउनका लागि यही दिन बर्थ डे सेलिब्रेसन गर्छौं ।’

कोभिड आउनुभन्दा अघिसम्म करिश्माको घरमा ठूलो भिडभाड हुन्थ्यो । कोरोनाले गर्दा संख्या घटेपनि उल्लास भने उस्तै देखिन्छ । ‘केही वर्ष अघिसम्म त हाम्रो आँगनमा ६–७ सय जना मानिसहरु होली मनाउनुहुन्थ्योे,’ बिनोद भन्छन्, ‘कोरोनाका कारण सबै साथीभाइलाई बोलाउन पाइएको छैन, गत वर्ष पनि सिमित साथीहरु बोलायौं यसपाली पनि यस्तै भयो ।’

करिश्मा–बिनोदको निम्तो मान्न प्रतिनिधि सभा सदस्य नवराज सिलवाल, कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता दिपकराज गिरी, अभिनेता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, गायिका सुनिता दुलाल, गायिका राधिका हमाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अभिनेत्री तथा मोडल एलिजा गौतम लगायतका कलाकारको उपस्थिति थियो ।

यसै पनि होली,माया,प्रेम र सद्भावको पर्व हो । यो कुरा बुझेकी छिन्,करिश्माले । यसैले त उनले प्रत्येक होलीलाई खास बनाउँछिन् । उनको नजरमा नजिकका खास मानिसहरु उनको निवासमा पुगेर होली दिनमा रङमा रम्छन् । खुसीले झुम्छन् ।

यो पनि…
फागुको दिन, मन मगन

काठमाडौँ फागु उत्सव (फोटो फिचर)
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)



सम्बन्धित खबरहरु

विराटनगर — द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको ‘मेरा भगवान…’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ — गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको

काठमाडौं, २९ मंसिर : नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख

काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा

Latest










Popular
Suggested