English

फागुको दिन, मन मगन



कोरोनाभाइरसका कारण विगत दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच उन्मुक्त भएर मनाउन पाइएको थिएन, फागु । तर यसपटक कोरोनाको कहर थिएन । यही मेसोमा यसपटक धुमधामकासाथ, नाचगानका साथ, एकआपसलाई रङ दल्दै काठमाडौंको ऐतिहासिक थलो वसन्तपुरमा युवाहरुले फागु मनाए, मस्तले ।

वसन्तपुरमा फागुको रङसँग नेपाली युवासंगै सात समुद्रपारीबाट आएका पर्यटक पनि मस्त–मगन देखिन्थे । वसन्तपुर त्यही थलो हो जहाँ तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको मानिन्छ ।

फागुन २६ विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइन्छ । रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि चीर पूजा गरेपछि बुझ्नुपर्छ फागु प्रारम्भ भयो ।

वसन्त उत्सवका रुपमा मनाइने रंगहरुको पर्व फागुको पौराणिक तथा सांस्कृतिक महत्व छ । वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ । आपसमा माया, प्रेम र सद्भावकासाथ खेलिने यो पर्वमा विभिन्न बाजाका साथ वसन्त राग गाउँदै अनि नाच्दै रङ लगाइन्छ । फागु मनाइन्छ ।

फोटोः किरण स्याङ्बो /मेरो लाइफस्टाइल
यो पनि…
काठमाडौँ फागु उत्सव (फोटो फिचर)
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)
पश्चिम नेपाल पनि रङ्गीयो फागुमा (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested