English

बिहेअघि नै प्रेमिकामार्फत बुबा बनेका यी क्रिकेटर



क्रिकेट पछिल्लो समय विश्वमा लोकप्रिय बन्दै गएको छ । टेस्ट हुँदै सुरु भएको क्रिकेट वानडे, टी २० र टी १० सम्म आइपुगेको छ । विश्वमा क्रिकेट लोकप्रिय भएर होला पछिल्लो समयमा क्रिकेटरका हरेक गतिविधिमा फ्यानहरूले चासो राखेको पाइन्छ र मिडियाले पनि प्राथमिकताका साथ स्थान दिन्छन् ।

आज हामी विश्वका ६ स्टार क्रिकेटरकाबारेमा चर्चा गर्दैछौं, जो विवाहअघि नै प्रेमिकासँग सम्बन्ध राखेपछि बुबा बनेका हुन् ।

हार्दिक पाण्ड्या

हार्दिक पाण्ड्या त्यस्ता भारतीय क्रिकेटर हुन्, जो विवाहअघि नै बुबा बनेका थिए । हार्दिक पाण्ड्याले बलिउड अभिनेत्री नताशा स्टान्कोभिकसँग १ जनवरी २०२० मा दुबईमा इन्गेजमेन्ट गरेका थिए । ३० जुलाई २०२० मा पाण्ड्याले उनकी प्रेमिका नताशा गर्भवती रहेको खुलाशा गरेका थिए । पाण्ड्याले आफ्नो बच्चाको नाम अगस्त्य राखेका छन् ।

जो रुट

यो सूचीमा इंग्ल्याण्डका कप्तान जो रुट पनि परेका छन् । रुट विवाह नगरी बुबा बनेका थिए । रुटले आफ्नी प्रेमिका क्यारी कोर्टेललाई २०१४ देखि प्रेम गरिरहेका थिए। यी दुईले मार्च २०१६ मा इन्गेजमेन्ट गरेका थिए । टी–२० विश्वकपअघि रुट विवाह नगरी बुबा बनेका थिए । रुटका छोरा अल्फ्रेडको जन्म ७ जनवरी २०१७ मा भएको थियो। यसपछि यो जोडीले विवाह गरेका थिए ।

डेभिड वार्नर

अस्ट्रेलियाका स्टार ओपनर डेभिड वार्नर बिहे नगरी बुबा बनेका थिए । सन् २०१४ मा वार्नरकी प्रेमिका क्यान्डिसले पहिलो छोरीलाई जन्म दिइन् । सन् २०१५ मा वार्नरले क्यान्डिससँग विवाह गरेका थिए। वार्नरका तीन छोरी आइभी, इन्डी र इस्ला छन् ।

इमरान खान

पाकिस्तानका प्रधानमन्त्री तथा पूर्व क्रिकेटर इमरान खान पनि विवाह नगरी बुबा बनेका थिए । इमरानको सम्बन्ध सीता सेतोसँग थियो । सीता र इमरानको सम्बन्ध सन् १९८७–८८ मा सुरु भएको थियो र सन् १९९१ मा दुवै नजिक आएका थिए । १९९२ मा उनीहरुको एक बच्चा जन्मिएको थियो । जुन इमरानको सन्तान थियो । तर, इमरानले सुरुमा यो कुरा अस्वीकार गरेपछि डीएनए परीक्षण गर्दा सो बच्चा उनकै रहेको खुलेको थियो ।

भिभियन रिचर्ड्स

सन् १९८० मा भारत आएका रिचर्ड्सले भारतकी चर्चित अभिनेत्री नीना गुप्तालाई भेटेका थिए । दुबैको अफेयर लामो समयसम्म चल्यो । सन् १९८९ मा नीनाले छोरीलाई जन्म दिइन्, जसको नाम मसाबा हो। त्यसपछि रिचर्ड्सले मेरीसँग विवाह गरेका थिए र उनका दुई सन्तान छन् ।

क्रिस गेल

यो सूचीमा विश्वका सबैभन्दा विस्फोटक ब्याट्सम्यान क्रिस गेल पनि परेका छन् । गेल विवाहअघि नै पिता बनेका थिए । २०१७ मा जब आईपीएल चलिरहेको थियो । उनकी प्रेमिका नताशा ब्यारिजले छोरीलाई जन्म दिइन् । यद्यपि गेल अरू पनि धेरै विवादमा मुछिएका छन् ।

यो पनि…
सुमनले यसकारण छाडे नेपाल पुलिस क्लब
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested