English

विवाहबारे बोलिन् रश्मिका मन्दाना



गीता गोविन्दम र डियर कमरेडमार्फत तेलुगु सुपरस्टारद्वय विजय देवरकोन्डारश्मिका मन्दानाको जोडी चर्चामा आयो । विजयलाई ‘अर्जुन रेड्डी’ले नै चर्चामा ल्याए पनि रश्मिकासँगको जोडी दर्शकले रुचाए । फिल्ममा जोडी सुहाएको प्रतिक्रियासँगै यी दुईको सार्वजनिक भिडियोहरूले कतै प्रेममा त छैनन् ? भन्ने चर्चा पनि सुरु भयो ।

यी दुईले आफुलाई मिल्ने साथीको रूपमा मात्र बताउँदै आइरहेका छन् । तर, केही समय अगाडि देखि यी दुईको विवाहको चर्चा बढ्दो छ । केही समय अगाडि मुम्बईमा डेट गर्दै गरेको भेटिएपछि उनीहरूको विवाहको समेत चर्चा चल्न थालेको हो । यी दुईले विवाहबारे नै मुख खोलेनन् । तर, पछिल्लो एक अन्तर्वार्ताको क्रममा यसबारे रश्मिका बोलेकी छिन् । उनले यसलाई टाइम पास गसिप भनेकी छिन् ।

‘यो सबको लागि मसँग समय छैन । मेरो समय आएपछि म विवाह गर्छु नै । अहिले नै के हतार छ र ?,’ उनले भनिन् । साथै उनले आफ्नाबारेमा धेरै गसिप नबनाउन समेत आग्रह गरिन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने विजय र रश्मिका दुवै अहिले आआफ्नो फिल्मको छायांकनका लागि मुम्बईमा छन् । विजय ‘लाइगर’ को छायांकनमा छन् भने रश्मिका ‘गुडबाइ’को छायांकनमा छिन् ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested