English

यो फिल्मबाट पारिश्रमिक लिइनन् दीपिकाले



बलिउडमा कहिले ‘मस्तानी’ बनेर त कहिले ‘शान्तिप्रिया’ बनेर अभिनेत्री दीपिका पादुकोणले आफ्नो अभिनयको आगो र सुन्दरताले फ्यानलाई मोहित बनाएकी छन् । उनको नाम बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा सूचीकृत छ ।

आफ्नो करियरमा दीपिकाले सम्पत्ति र लोकप्रियता खुबै कमाईन् । उनको अहिलेको कुल सम्पत्ति सय करोडभन्दा बढी नै छ । तर, सायद कमैलाई मात्र थाहा होला कि महंगो पारिश्रमिक लिने दीपिकाले आफ्नो डेब्यू फिल्म ‘ओम शान्ति ओम’मा निःशुल्क काम गरेकी थिइन् ।

यो फिल्ममा दीपिकाको संवाद ‘एक चुट्की सिन्दूर की कीमत तुम क्या जानो महेश बाबू’ अहिले पनि उत्तिकै लोकप्रिय छ । उनले फिल्ममा एक चुटकी सिन्दुरको मूल्यको बारेमा बताइरहँदा आफू भने निःशुल्क अभिनय गरिरहेकी थिइन् ।

‘ओम शान्ति ओम’मा अभिनेता शाह रुख खानको जोडी बनेर अभिनय गरेपछि दीपिका रातारात स्टार बनेकी थिइन् । यो फिल्ममा दीपिकाको अभिनय र लोकप्रियता देखेपछि उनलाई फिल्ममा अनुबन्धित गर्न निर्माता तथा निर्देशकको भीड नै लागेका थियो ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested