English

आईपीएलमा गुरु चेलाको भिडन्त



इण्डियन प्रिमियर लीग (आईपीएल २०२१) को दोश्रो म्याचमा दिल्ली क्यापिटल्सले चेन्नई सुपरकिंग्सलाई सात विकेटले पराजित गर्यो । सारा भारतमा गुरु महेन्द्र सिंह धोनी र चेला ऋषभ पन्तबीचको टक्कर हेर्न लायक रहेको र कसले बाजी मार्ला भन्ने कौतुहलता भइरहेको थियो । तर म्याच चेलाले नै हात पारे, अर्थात् दिल्लीका कप्तान ऋषभ पन्तको टीम नै विजयी भयो ।

चेन्नई किन हार्यो ?

चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८८ रन बनायो । चेन्नईका लागि सुरेश रैनाले ५४ रनको अर्धशतकीय पारी खेले भने अन्य खेलाडी त्यति जम्न सकेनन् । धेरै डट बल खानु, तीव्र गतिका बलरहरुको बलमा तीव्रता नहुनुले चेन्नई पराजित बन्यो ।

चेन्नईले खेल हार्नुका ५ तथ्य

५. म्याचमा पहिले ब्याटिङ गर्न मैदान उत्रिएको चेन्नईको टीमको शुरुवात धेरै नराम्रो देखिएको थियो । टीमका दुई विकेट मात्र ७ रनको स्कोरमा गुमेका थिए । त्यसैले पारीको शुरुवाती १० ओभरमा चेन्नईले उत्कृष्ट प्रदर्शन गर्न सकेन । खराब शुरुवातका कारण नै ब्याट्सम्यानले धेरै डट बल खेले । चेन्नईका ब्याट्सम्यानले म्याचमा ४६ वटा डट बल खेले । त्यसैले टीम २०० रन बनाउनबाट चुक्यो ।

४. जो ब्याट्सम्यान थिए उनीहरुले ठूलो पारी खेल्न सकेनन्

चेन्नईका टप पाँच ब्याट्सम्यानले १५ रन भन्दा बढीको पारी खेल्न सकेनन् । मोइन अलीले २४, सुरेश रैनाले ३६ र अम्बाती रायडूले १६ बल मात्रै खेल्न सके । यी कुनै पनि ब्याट्सम्यानले ७५ प्लसको पारी खेल्न सकेनन् । नियमित अन्तरालमा विकेट गुमाइरहँदा चेन्नईले ठूलो स्कोर खडा गर्न सकेन ।

३.पृथ्वी र शिखरको उत्कृष्ट ब्याटिङ

सैम करनले १५ बलमा ३४ रनको पारीले चेन्नईले १८८ रन बनाएको थियो । तर दिल्लीका ओपनर शिखर धवन र पृथ्वी शाले उत्कृष्ट ब्याटिङ गरे । शाले ३८ बलमा ७२ रन र धवनले ५४ बलमा ८५ रनको पारी खेलेका थिए । यी दुई आउट हुँदासम्म दिल्ली लगभग जित नजिक पुगिसकेको थियो ।

२. तीव्र गतिका बलरमा स्पीडको कमी

वानखेडे स्टेडियममा तीव्र गतिका बलरको आवश्यक पर्दछ । त्यहाँ १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बल फाल्न सक्नुपर्दछ । तर चेन्नईसँग १२५ – १३० सम्मकै स्पीडमा बल फाल्न सक्ने क्षमताका बलर थिए । जसको फाइदा दिल्लीले लियो ।

१. टस फ्याक्टर

चेन्नईले टस हारेका कारण पहिला ब्याटिङ गर्नुपर्यो । रातमा शीत पर्ने कारणले ब्याटिङमा फाइदा भयो र बलरलाई सकस भयो । यसमा रविन्द्र जडेजा र मोइन अली जस्ता स्पिनरले पनि केही गर्न सकेनन् । जडेजाले २ ओभरमा १६ र अलीले ३ ओभरमा ३३ रन दिए । उनीहरु दुवैले म्याचमा कुनै विकेट लिन सकेनन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,