English

आईपीएलमा गुरु चेलाको भिडन्त



इण्डियन प्रिमियर लीग (आईपीएल २०२१) को दोश्रो म्याचमा दिल्ली क्यापिटल्सले चेन्नई सुपरकिंग्सलाई सात विकेटले पराजित गर्यो । सारा भारतमा गुरु महेन्द्र सिंह धोनी र चेला ऋषभ पन्तबीचको टक्कर हेर्न लायक रहेको र कसले बाजी मार्ला भन्ने कौतुहलता भइरहेको थियो । तर म्याच चेलाले नै हात पारे, अर्थात् दिल्लीका कप्तान ऋषभ पन्तको टीम नै विजयी भयो ।

चेन्नई किन हार्यो ?

चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८८ रन बनायो । चेन्नईका लागि सुरेश रैनाले ५४ रनको अर्धशतकीय पारी खेले भने अन्य खेलाडी त्यति जम्न सकेनन् । धेरै डट बल खानु, तीव्र गतिका बलरहरुको बलमा तीव्रता नहुनुले चेन्नई पराजित बन्यो ।

चेन्नईले खेल हार्नुका ५ तथ्य

५. म्याचमा पहिले ब्याटिङ गर्न मैदान उत्रिएको चेन्नईको टीमको शुरुवात धेरै नराम्रो देखिएको थियो । टीमका दुई विकेट मात्र ७ रनको स्कोरमा गुमेका थिए । त्यसैले पारीको शुरुवाती १० ओभरमा चेन्नईले उत्कृष्ट प्रदर्शन गर्न सकेन । खराब शुरुवातका कारण नै ब्याट्सम्यानले धेरै डट बल खेले । चेन्नईका ब्याट्सम्यानले म्याचमा ४६ वटा डट बल खेले । त्यसैले टीम २०० रन बनाउनबाट चुक्यो ।

४. जो ब्याट्सम्यान थिए उनीहरुले ठूलो पारी खेल्न सकेनन्

चेन्नईका टप पाँच ब्याट्सम्यानले १५ रन भन्दा बढीको पारी खेल्न सकेनन् । मोइन अलीले २४, सुरेश रैनाले ३६ र अम्बाती रायडूले १६ बल मात्रै खेल्न सके । यी कुनै पनि ब्याट्सम्यानले ७५ प्लसको पारी खेल्न सकेनन् । नियमित अन्तरालमा विकेट गुमाइरहँदा चेन्नईले ठूलो स्कोर खडा गर्न सकेन ।

३.पृथ्वी र शिखरको उत्कृष्ट ब्याटिङ

सैम करनले १५ बलमा ३४ रनको पारीले चेन्नईले १८८ रन बनाएको थियो । तर दिल्लीका ओपनर शिखर धवन र पृथ्वी शाले उत्कृष्ट ब्याटिङ गरे । शाले ३८ बलमा ७२ रन र धवनले ५४ बलमा ८५ रनको पारी खेलेका थिए । यी दुई आउट हुँदासम्म दिल्ली लगभग जित नजिक पुगिसकेको थियो ।

२. तीव्र गतिका बलरमा स्पीडको कमी

वानखेडे स्टेडियममा तीव्र गतिका बलरको आवश्यक पर्दछ । त्यहाँ १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बल फाल्न सक्नुपर्दछ । तर चेन्नईसँग १२५ – १३० सम्मकै स्पीडमा बल फाल्न सक्ने क्षमताका बलर थिए । जसको फाइदा दिल्लीले लियो ।

१. टस फ्याक्टर

चेन्नईले टस हारेका कारण पहिला ब्याटिङ गर्नुपर्यो । रातमा शीत पर्ने कारणले ब्याटिङमा फाइदा भयो र बलरलाई सकस भयो । यसमा रविन्द्र जडेजा र मोइन अली जस्ता स्पिनरले पनि केही गर्न सकेनन् । जडेजाले २ ओभरमा १६ र अलीले ३ ओभरमा ३३ रन दिए । उनीहरु दुवैले म्याचमा कुनै विकेट लिन सकेनन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested