English

छोराको आशमा गर्भवतीको टाउकोमा ठोकियो साढे दुई इन्च लामो किला



टाउको गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुगेपछि चिकित्सक नै छक्क परे । अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग मागेपछि अस्पतालका कर्मचारी सशंकित हुन्छन् । त्यसपछि सत्य बोल्न उनी बाध्य भइन् ।

एक अन्धविश्वासीले गर्भवती महिलाले टाउको किला गाड्दा छोरा जन्मिन्छ भनेपछि उनले त्यस्तो हर्कत गरेकी थिइन् । वास्तवमा उनै अन्धविश्वासी व्यक्तिले महिलाको टाउकोमा ह्यामरले किला गाडिदिएका थिए । लेडी रिडिङ अस्पतालका डा. हैदर खानले ‘महिलामा पूर्ण रूपमा होस भएको तर खप्नै नसक्ने पीडा’ महशुस गरेको बीबीसीलाई बताए ।

‘उनी तीन महिनाकी गर्भवती रैछन् । पतिको धम्कीका कारण उनी अन्धविश्वासी व्यक्तिमा गएकी रहेछिन्,’ अस्पतालका एक कर्मचारीले भने ।

एक छिमेकीको कथनपछि ती महिला धामीकोमा गएकी पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । अस्पतालका कर्मचारीहरूका अनुसार ती महिलाका तीन छोरी छन् । अर्को पनि छोरी जन्माए उनलाई घर छोडेर जान पतिले धम्क्याउँदै आएका छन् ।

‘उनी तीन महिनाकी गर्भवती रैछन् । पतिको धम्कीका कारण उनी अन्धविश्वासी व्यक्तिमा गएकी रहेछिन्,’ अस्पतालका एक कर्मचारीले भने ।

पाकिस्तानको केही भागमा धामीप्रतिको विश्वास अझै पनि सामान्य जस्तै छ । विशेषगरी, उत्तर–पश्चिम पाकिस्तानमा यस्तो विश्वास धेरैमा देखिन्छ । एउटा ट्विटमा पेशावर प्रहरी प्रमुख अब्बास अहसनले दोषीलाई कानुनको कठघरमा ल्याउन एउटा विशेष अनुसन्धान समूह गठन गरिएको बताएका छन् ।

प्रहरीले पीडित महिलामार्फत दोषीलाई पत्ता लगाउन अस्पतालका कर्मचारीहरूसँग सोधपुछ र अन्तवार्ता गरेको छ । कर्मचारीले टाउकोबाट किला हटाइदिएपछि ती महिला आफ्नो बाटो लागेकी थिइन् ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,